भ्यालेन्सियामाथि रियलको सहज जित « Khabarhub

भ्यालेन्सियामाथि रियलको सहज जित


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेट अन्तरमा रियलले दुई गोल गरेको थियो ।

मार्को असेन्सियोले ५२ औं र भिनिसियस जुनियरले ५४ औं मिनेटमा गोल गरेका हुन्। यससँगै रियलले भ्यालेन्सियालाई २-० गोल अन्तरले हराएको हो ।

गाब्रिएल पाउलिस्टाले ७२औं मिनेटमा रातो कार्ड पाएपछि भ्यालेन्सिया दश खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी घटाएको छ । दोस्रो स्थानको रियलले १९ खेलबाट ४५ अंक जोडेको छ ।

भ्यालेन्सिया २० अंक जोडेर १४ औं स्थानमा रहेको छ । बार्सिलोना १९ खेलबाट ५० अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ९ : ५३ बजे

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन

चितवनमा ट्याक्टर र जिप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

चितवन- चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो

सिमरामा उच्च शिक्षा सुधारसम्बन्धी दुईदिने संवाद : के विषयमा छलफल भयो ?

सिमरा – उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूपबारे मधेश