कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा « Khabarhub

कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा आएको छ । विगतमा प्रयोगशाला नहुँदा प्रदेशबाहिर कुनै पनि रोगको परीक्षण गर्न पठाउनुपर्ने अवस्था थियो । अब प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा आएपछि सहज हुने भएको छ ।

शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री टेकराज पछाईंले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरे । सो क्रममा उनले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाई गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने बताए ।

उनले प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै प्रयोगशालालाई अन्वेषण केन्द्रका रूपमा पनि विकसित गर्न लागिने जानकारी दिए ।

प्रयोगशालाका निर्देशक वृषबहादुर शाहीले यहाँबाट जनस्वास्थ्यसम्बन्धी रोगको छिटो पहिचान गरी रोग नियन्त्रणमा सघाउने बताए । उनले अब अन्य प्रदेशमा परीक्षण हुन नसकेको काम पनि यही प्रयोगशालाबाट हुने उल्लेख गरे । उनका अनुसार अब रोगको परीक्षण गर्न बाहिर जानुपर्ने छैन ।

प्रयोगशालामा नौ जना प्राविधिकको दरबन्दी भए पनि हाल तीन जना मात्रै पूर्ति भएको छ । अन्य गरी कूल १६ जना जनशक्ति छन् । प्रयोगशालाका ल्याब टेक्निसियन एवं सूचना अधिकारी घनश्याम गिरीले प्रयोगशालामा नसर्ने रोग, सङ्क्रामक रोग, गुणस्तर नियन्त्रण तथा तालिम र आर्थिक प्रशासनको काम हुने बताए ।

उनले प्रयोगशालाबाट निदात्मक, अनुसन्धानमूलक र अनुगमनको काम गरिने उल्लेख गरे । दुर्गम तथा पिछडिएको क्षेत्रका जनतामा विश्वसनीय सेवाको पहुँच बढाउन, आफ्नै ठाउँमा सेवा दिएपछि रकम बचत हुने र समयमै रोग पत्ता लागेपछि औषधिको अनुचित प्रयोग रोक्न प्रयोगशालाको कामले सहयोग पुग्ने गिरीले बताए ।

सो प्रयोगशालामा अन्यत्र भएका झण्डै आधा रकममा रगत, दिसा पिसाब, खकारलगायतको परीक्षण हुने जनाइएको छ । सो अवसरमा निवर्तमानमन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले प्रयोगशालाको स्तरोन्नतिमा ध्यान दिइने जनाएका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १० : १४ बजे

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो