जन्डिस भयो भनेर खानै छोडेर मुख बार्नु हुँदैन « Khabarhub

जन्डिस भयो भनेर खानै छोडेर मुख बार्नु हुँदैन

स्वास्थ्य समस्या देखिएपछि झारफुक र अन्धविश्वासमा लाग्नु हुँदैन


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जन्डिस या पहेँलोपनलाई डाक्टरको भाषामा हेपाटाइटिस भनिन्छ। हाम्रो गाउँघरमा वा गाउँले भाषामा कमलपित्त पनि भन्ने गरिन्छ। आँखा वा शरीरमा पहेंलो पन हुनु नै जन्डिस हो। जन्डिस देखिने धेरै रोग कलेजो खराबीका कारणले हुने गर्दछन्। कलेजोमा समस्या भएका रोगीलाई रोगले गरेर खाना नरुच्ने, उल्टी आउने हुन्छ। कलेजोको रोग लाग्दा शरीर कमजोर हुने, जाँगर नचल्नेसमेत हुन्छ। यस्तो बेलामा बिग्रेको कलेजोलाई सुधार्न, बिरामीको शरीरमा ऊर्जा दिन पर्याप्त मात्रामा पोसिलो खाना खानु जरुरी छ। जन्डिस हुँदा के खाने ? कसरी बच्नेलगायत विषयमा आधारित रहेर खबरहबका लागि पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेश कश्यपसँग गरिएको कुराकानीको सम्पादित अंश :

जन्डिस कस्तो समस्या हो ?
जन्डिस भनेको शरीरमा दिनानुदिन पहेँलोपना बढ्दै जानु हो। विशेष गरेर जन्डिसले गर्दा आँखा पहेँलो हुँदै जाने हुन्छ। यदि कोही मान्छेको आँखा पहेँलो भयो भने अस्पतालमा गएर रगत जाँचेर जन्डिस भएको वा नभएको पत्ता लगाउन सकिन्छ। रगतमा बिलिरूबिन नामक तत्त्वको मात्रा बढी हुनेलाई जन्डिस भनिन्छ। हाम्रो समाजमा धेरै प्रकारका हल्लाहरू फैलिएका हुन्छन्। यो रोग लागेपछि मुख बार्नुपर्छ भनेरसमेत भनिन्छ। तर यो कुनै रोग होइन। यो भनेको विभिन्न रोगमा देखिने एउटा लक्षण हो। जन्डिसमा कुनै कुराको मुख बार्नु पर्दैन। बेसार खाएर वा नखाएर आँखा पहेँलो हुने होइन। यो एउटा भ्रम मात्र हो।

जन्डिसका लक्षणहरू के के हुन् ?
शरीरमा बिलिरुबिनको मात्रा साढे दुई भन्दा बढी भयो भने आँखा पहेँलो हुन्छ। पछि विस्तारै कसैलाई हेपाटाइटिस ‘ए’ देखि ‘ई’ सम्म नै भयो भने ज्वरो आउने, जीउ दुख्ने, उल्टी आउने, खाना नरुच्ने लगायतका समस्या आउँछन्। कसैमा प्यानक्रियाजको क्यान्सर वा पेटमा सिरोसिस भएको छ भने अन्य क्यान्सरको जस्तै लक्षण हुन्छन्। जस्तो ः दुब्लाउँदै जाने, खाना नरुच्ने, दिसा पहेँलो नभएर सेतो हुने हुनसक्छ।

जन्डिस देखिने धेरै रोग कलेजो खराबीका कारणले हुने गर्दछन्। कलेजोमा समस्या भएका रोगीलाई खाना नरुच्ने, उल्टी आउने हुन्छ। कलेजोको रोग लाग्दा शरीर कमजोर हुने, जाँगर नचल्नेसमेत हुन्छ।

जन्डिस भएमा उपचार कसरी गर्ने ?
हाम्रो नेपाली समाजमा जन्डिस भयो भने मुख बार्नुपर्छ, बेसार खानु हुँदैन भन्छौं। त्यसो गर्नु हुँदैन। जन्डिस ‘हेपाटाइटिस ई’ का कारणले हुन्छ। ‘हेपाटाइटिस ई’ लाग्दा खाना राम्रोसँग खानुपर्छ। जे पायो त्यही औषधि, जडीबुटी आयुर्वेदिक औषधि खानु हुँदैन। ‘हेपाटाइटिस ई’ले कलेजो कमजोर हुन्छ। त्यसैले सम्बन्धित डाक्टरलाई देखाएर सही औषधिको सेवन गर्ने गर्नुपर्छ।

जन्डिस नहोस् भनेर के के कुरामा ध्यान दिने ?
जथाभावीे पानी सेवन नगर्ने। उमालेको पानी मात्र सेवन गर्ने गर्नुपर्छ। लागूऔषध र मादक पदार्थ सेवन गर्नु हुँदैन। यसले थप समस्या निम्त्याउन सक्छ। स्वस्थ र सफा खान खाने गर्नुपर्छ। सकेसम्म बाहिरका खाना नखाने। खानै परेमा सफा ठाउँको मात्र खाने गर्नुपर्छ। अहिले धेरै युवाहरू अझ सुई लिने र धूम्रपान गर्ने गरेको पाइन्छ त्यसो गर्नु हुँदैन। आफूमा केही स्वास्थ्य समस्या देखा पर्यो भने झारफुक अन्धविश्वासमा नलागी समयमा नै डाक्टरको सल्लाह लिँदा पछि समस्या बल्झिँदैन।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ७ : ४४ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक