विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट ११ जना लागूऔषधसहित पक्राउ परेका छन् । मकवानपुरको कैलाश गाउँपालिका-४ कटुन्जेबाट अवैध लागूऔषध गाँजा ५ सय ११ किलो ९ सय ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीय उत्तम रिजाल र ४२ वर्षीय राधाकृष्ण रिजाल रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उत्तम रिजालको घरबाट ६ वटा बोरामा रहेको १ सय ८४ किलो १ सय ग्राम गाँजा, नगद ५५ हजार ३ सय ६५ रुपैयाँ तथा राधाकृष्ण रिजालको घरबाट १२ वटा बोरामा रहेको ३ सय २७ किलो ८ सय ग्राम गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७१ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-३ बस्ने २२ वर्षीय निमेश राईलाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ५ सय ग्रामसहित सोही महानगरपालिका-१८ शीतल बस्ती बस्ने २५ वर्षीय बसन्त सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ८७१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

बर्दियाको गुलरिया नगरपालिका-११ स्थित हुलाकी सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-३ भग्रैया बस्ने ३० वर्षीय रोजन पुरी र सोही नगरपालिका-२ ओराली बस्ने २१ वर्षीय अविनाश नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गणेशपुरबाट गुलरियातर्फ जाँदै गरेको ना.२८ प ९२८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय तरण जोशी समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई उक्त ब्राउनसुगसहित फेला पारी पक्राउ गरेको  हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ बैशाखापुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४९ मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-२ तेघरी बस्ने २७ वर्षीय अजय सोप, कञ्चनपुर लालझाडी गाउँपालिका-४ जाई बस्ने २३ वर्षीय प्रकाश नाथ र सोही ठाउँ बस्ने २३ वर्षीय दिपेन्द्र साउद रहेका छन् । 

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेको म.२ प ४३६४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १२ : ११ बजे

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका