स्वच्छ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष : मन्त्री शर्मा « Khabarhub

स्वच्छ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष : मन्त्री शर्मा


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष भएको बताएकी छन् । उनले नेपालको राजनीतिक आन्दोलनलगायतका सबै परिवर्तनका आन्दोलनमा पत्रकारिता क्षत्रको भूमिका महत्वपूर्ण रहेको बताइन्  ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिद्वारा आज आयोजित प्रभातफेरी कार्यक्रममा उनले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताले यो पेशालाई अझ महत्वपूर्ण मर्यादित महत्वपूर्ण बनाउन भूमिका निर्वाह गरेको बताए । 

उनले भनिन्, ‘संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरिएको छ, कानुन बनाउने, कानुनमा उल्लेख गरिएका कुरा कार्यान्वयन गर्ने चरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रहेको छ ।’ प्रेस स्वतन्त्रताको पक्षमा उभिन निम्ति आवश्यक कानुन तर्जुमा, नीति नियम बनाउने र आवश्यक निर्णय गर्ने ठाउँमा आफू भएकाले सदैव पत्रकारको साथमा रहने प्रतिबद्धता मन्त्री शर्माले व्यक्त गरिन् ।

पछिल्लो समयमा हाम्रो समाजका हरेक कुरामा नकारात्मकता हाबी भएको सन्दर्भ  उनले उल्लेख गरिन् । हामीले ल्याएको लोकतन्त्र, गणतन्त्रमामाथि जुन ढंगले प्रहार भइरहेको छ त्यसबारे सचेत रहेर समाजमा सकारात्मक सन्देश दिन पत्रकारको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । 

महासङ्घका अध्यक्ष विपुल पोखरेलले पछिल्लो समयमा पत्रकारमाथि जुन ढंगले आक्रमण हुने गरेको छ, त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नतर्फ हामी अग्रसर हुन जरुरी छ भने । नेपालको पत्रकारिता क्षेत्रका चुनौतीबारे समीक्षा गर्नुपर्ने उनको भनाइ थियो । 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १२ : ५३ बजे

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्