नेपाल प्रहरीद्वारा क्रिकेट खेलाडीलाई सम्मान « Khabarhub

नेपाल प्रहरीद्वारा क्रिकेट खेलाडीलाई सम्मान


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीले नेपाल प्रहरीबाट राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरेको छ ।

प्रहरीले एसिसी प्रिमियर कप २०२३ लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई आज प्रहरी प्रधान कार्यालयमा सम्मान गरेको हो ।

उत्कृष्ट खेलाडीलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा सम्मान गरेका हुन् । सम्मानित हुनेमा नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी, करण केसी र गुल्सन झा रहेको थिए ।

सम्मान कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी सङ्गठन र राष्ट्रको प्रतिनिधित्व गर्दै हालै सम्पन्न एसिसी प्रिमियर कप, २०२३ मा उत्कृष्ट प्रदर्शन गरेकामा खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गरे । राष्ट्र एवं सङ्गठनको छवि अझ उच्च गर्नमा आगामी दिनमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न उनले शुभकामना दिए ।

एसिसी प्रिमियर कप, २०२३ मा नेपाल प्रहरीका खेलाडीको उत्कृष्ट प्रदर्शन तथा राष्ट्रिय सम्मान अभिवृद्धिमा गरेको योगदानको नेपाल सरकारले पनि उच्च मूल्याङ्कन गरेको उनको भनाइ थियो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका खेलाडीको मनोबल उच्च गराउन, क्षमता अभिवृद्धि गर्न र वृत्तिविकासका लागि सङ्गठन सदैव क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

सम्मानित खेलाडीकोतर्फबाट क्रिकेट खेलाडी कुशल भूर्तेलले नेपाल प्रहरी सङ्गठनको प्रतिनिधित्व गरी सफलता प्राप्त गरेकामा धेरै गौरव महसुस गरेको बताए । आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने उनको भनाइ थियो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ८ : ०९ बजे

‘बा’को भूमिकामा दिव्य देव

काठमाडौं – ‘बा’को भूमिका खुल्ने गरी फिल्म ‘बा : एक

जब सीके राउतले रविलाई बीपीपछिको नेता भने…

काठमाडौं– २०७९ को निर्वाचनमा मधेसबाट उदाएको वैकल्पिक शक्ति जनमत पार्टीका

हामी पुरानो पुस्तासँग लड्न होइन नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : डा वाग्ले

काठमाडौं– अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम

सर्वेक्षणको दाबी : ९२ प्रतिशत इजरायलीले इरानलाई युद्धको विजेता माने

तेलअभिभ- इजरायलमा गरिएको एक नयाँ सर्वेक्षणअनुसार अधिकांश नागरिकले इरानसँगको युद्धमा

सीके राउतले गरे रास्वपा र प्रधानमन्त्रीको प्रशंसा

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको