पुटिनलाई लक्षित गरी युक्रेनले ड्रोन आक्रमण गरेको रुसको आरोप « Khabarhub

पुटिनलाई लक्षित गरी युक्रेनले ड्रोन आक्रमण गरेको रुसको आरोप


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा युक्रेनले रातभर गरेको ‘ड्रोन आक्रमण’ लाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै रूसले आफूले चाहेको तरिका, स्थान र समयमा प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ ।

रूसले युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरेको आरोप लगाउँदै यो ‘आतङ्कवादी हमला’ भएको दाबी गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “मङ्गलबार राति युक्रेनी मानवरहित ‘वायु यान’ आक्रमणको समयमा राष्ट्रप्रमुख क्रेमलिनमा रहनुभएको थिएन र उहाँ अहिले मस्को नजिकैको आफ्नो निवासमा काम गरिरहनुभएको र आफ्नो कार्यतालिकामा कुनै परिवर्तन नभएको पनि जानकारी गराइन्छ ।”

पुटिनका कर्मचारीका अनुसार युक्रेनले क्रेमलिनस्थित उहाँको अपार्टमेन्टमा आक्रमण गर्ने उद्देश्यले रातारात दुईवटा ड्रोन आक्रमण गरेको थियो । ड्रोनहरू विद्युतीय युद्धका उपायहरू प्रयोग गरेर नष्ट गरिएको र कुनै हताहत वा क्षति नभएको उनले बताए ।

रसिया टुडेको एक रिपोर्टका अनुसार सन्देशमा भनिएको छ, “यस आतङ्कवादी कार्यको परिणामस्वरुप रूसी महासङ्घका राष्ट्रपतिलाई कुनै चोट पटक लागेको छैन । उहाँको कार्यतालिका परिवर्तन भएको छैन, यो सधैंजस्तै जारी छ ।”

रसिया टुडेका अनुसार क्रेमलिनले रूसी पक्षलाई आफूले उपयुक्त ठानेको प्रतिशोधात्मक कदम चाल्ने अधिकार सुरक्षित रहेको पनि उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “हामी यसलाई पूर्वनियोजित आतङ्कवादी गतिविधि र रूसी राष्ट्रपतिविरुद्धको प्रयास ठान्छौं, यो घटना विदेशी पाहुनाहरू उपस्थित हुने योजना बनाइरहेको समय ‘विजय दिवस र मे ९’ को परेडको पूर्वसन्ध्यामा भएको छ । उचित समयमा उचित प्रतिरोधात्मक कदम चालिनेछ ।”

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ८ : ३५ बजे

‘रोनाल्डो आलोचनासँग अभ्यस्त छन्, विश्वकपअघि नै सामाजिक सञ्जाललाई झेल्न तयार थियौँ’

काठमाडौं- पोर्चुगलका डिफेन्डर डियोगो डलोटलले विश्वकप सुरु हुनुअघि नै टोलीले

‘बा’को भूमिकामा दिव्य देव

काठमाडौं – ‘बा’को भूमिका खुल्ने गरी फिल्म ‘बा : एक

जब सीके राउतले रविलाई बीपीपछिको नेता भने…

काठमाडौं– २०७९ को निर्वाचनमा मधेसबाट उदाएको वैकल्पिक शक्ति जनमत पार्टीका

हामी पुरानो पुस्तासँग लड्न होइन नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : डा वाग्ले

काठमाडौं– अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम

सर्वेक्षणको दाबी : ९२ प्रतिशत इजरायलीले इरानलाई युद्धको विजेता माने

तेलअभिभ- इजरायलमा गरिएको एक नयाँ सर्वेक्षणअनुसार अधिकांश नागरिकले इरानसँगको युद्धमा