समाजवादी अर्थव्यवस्थामा उत्पादनमा न्यायोचित वितरण हुन्छ: माधव नेपाल « Khabarhub

समाजवादी अर्थव्यवस्थामा उत्पादनमा न्यायोचित वितरण हुन्छ: माधव नेपाल


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक शोषण, अन्याय र विभेदको अन्त्य गरी गरिबी न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।

एकीकृत समाजवादी निकट ट्रेड युनियनको प्रथम राष्ट्रिय अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आज यहाँ आयोजित स्वागत कार्यक्रममा अध्यक्ष नेपालले समाजवादी अर्थव्यवस्थामा उत्पादनमा न्यायोचित वितरण तथा सबै क्षेत्रका नागरिकलाई समान अवसर प्राप्त हुने हुँदा गरिबी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मुलुकको विकास र आर्थिक समृद्धि प्राप्त गर्न राज्यका स्रोत र साधनलाई अधिक उपयोग गरी जनताको आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सकिने उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री नेपालले उत्पादनको विभिन्न क्षेत्रमा क्रियाशील श्रमिक वर्गको अधिकार तथा हितको रक्षा गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्दै कम्युनिष्ट पार्टीमा सामूहिक हितलाई ख्याल गर्नुपर्नेमा जोड दिए ।

मूलधारको कम्युनिष्ट सिद्धान्तलाई आफ्नो पार्टीले आत्मसात गरेको बताउँदै उनले श्रमिक, मजदुर, श्रमजीवी वर्गको जीवनमा आर्थिक उन्नति भए मात्र देश विकास हुने बताए ।

विष्णु लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको अधिवेशनले सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीको तलब वृद्धि गर्नुपर्नेलगायत माग गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : ४१ बजे

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्