हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु « Khabarhub

हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले जानकारी दिए ।

पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा साहलाई सडकमा हात्तीले कुल्चेर मारेको बताइएको छ । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् ।

झापामा केही दिनअघि पनि जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ का ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले कुल्चेर मारेको थियो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट ८ जनाको मृत्यु भएको जानकारी दिए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ०४ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा