सामुदायिक वनमा जडीबुटी खेती « Khabarhub

सामुदायिक वनमा जडीबुटी खेती


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा सामुदायिक वन समूहले जडीबुटी खेती सुरुआत गरेका छन् ।

पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी (खिरौला) जातको जडीबुटी खेती गेका हुन् ।

समूहका अध्यक्ष तुलसी छन्त्यालले डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा एक लाख ३५ हजार अतिस र खिरौलाका बिरुवा रोपेको जानकारी दिए ।

समूहमा आबद्ध २५ जनाले सामूहिकरुपमा श्रमदान गरेर बाँझो जमिन खनजोत गरेर बिरुवा रोपेका हुन् । जडीबुटीको संरक्षणका लागि स्थानीय प्रविधिको प्रयोग गरेर ढुङ्गाको एक सय पाँच मिटर लामो पर्खाल निर्माण भएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले चालु आर्थिक वर्ष २०७९–८० मा जडीबुटी खेतीका लागि चार लाख असी हजार सहयोग गरेको जानकारी दिए ।

‘उपभोक्ताले कूल लागतको दश प्रतिशत लागत साझेदारी गरेका छन्’, उनले भने ‘प्राकृतिकरुपमा रहेका जडीबुटी संरक्षण तथा व्यवस्थापन कार्यक्रममार्फत सहयोग गरिएको हो ।’ यसअघि परीक्षणका लागि गरिएको जडीबुटी खेती सफल भएपछि व्यावसायिक खेति विस्तार भएको हो ।

धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बाँझिएको खेतीयोग्य जमिनको सदुपयोग, संरक्षण र स्थानीयवासीको आयआर्जन सुधारका लागि जडीबुटी खेती विस्तार गरिएको बताए ।

२०७७ सालमा ७ हजार बिसजरा जातको जडीबुटीका बिरुवा रोपेका थिए । विसं २०७८ मा हिमाली कृषि सहकारी संस्थामा आबद्ध कृषकले दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका थिए । बजारमा अतिस, खिरौला र बिसजराको माग उच्च छ ।

समुद्री सतहदेखि तीन हजार दुई सयदेखि तीन हजार सात सय मिटरको भूगोलमा हुने अतिस कफ, पित्त थैली, ज्वरो, वान्ता हुने, पखला लाग्ने, चिसो लागेको समस्या समाधानका लागि प्रयोग हुन्छ ।

यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाइ, उत्तेजना नहुने, जुकाजस्ता समस्या समाधानको लागि पनि महत्वपूर्ण उपचार पद्धतिको रुपमा अतिस प्रयोग हुन्छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : २४ बजे

स्कोडा नेपालले सार्वजनिक गर्‍यो फेसलिफ्ट गरिएको नयाँ कुशाक एसयूभी, मूल्य कति ?

काठमाडौं– स्कोडा नेपालले फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘रियल ड्राइभर्स

गगनको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो कार

काठमाडौं- सरकार समर्थित समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति

भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित

भक्तपुर– जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न  प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा