पानीका मुहान जोगाउन पोखरी संरक्षण गरिने « Khabarhub

पानीका मुहान जोगाउन पोखरी संरक्षण गरिने


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङका स्थानीय तहले पानीको मुहान संरक्षणका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । सुख्खा याममा पानीका मुहान सुक्ने र खानेपानीसमेत अभाव हुन थालेपछि मुहान संरक्षणका लागि प्राकृतिक विधि अपनाउने गरी कार्यक्रम ल्याइएको हो ।

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा पानीका स्रोत संरक्षणका लागि मुहान जोगउने कार्यक्रम तयार गरिएका हुन् ।

स्थानीय तहले वृक्षरोपण, पोखरी निर्माण, बर,पिपल संरक्षण, कुवा तथा पौराणिक पँधेरो संरक्षणलगायत कार्यक्रम गरी पानीका मुहान जोगाउने अभियान बनाएका छन् ।

जिल्ला सदरमुकामसमेत रहेको बागलुङ नगरपालिकाले पानीको मूल संरक्षण गर्न एक वडा एक पोखरी निर्माण गर्ने नीति लिएको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने, ‘नगरपालिका क्षेत्रभित्रका महत्वपूर्ण ताल तलैया, कुवा, पोखरीलगायत प्राकृतिक जलाशय संरक्षण गरी जलाधार संरक्षणमा सहयोग पु¥याउन तथा पानीको स्रोत संरक्षण गर्न उजाड एवं सुख्खा स्थानमा एक वडा एक पोखरी कार्यक्रम सञ्चालन गरिने छ ।’

जैमिनी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका बर, पिपल, समीलगायत वृक्ष रोप्नाका साथै परम्परागत चौतारी र पोखरीे संरक्षण गर्ने कार्यक्रम ल्याएको छ । ‘प्राकृतिक सम्पदाले पानीको मुहान संरक्षणमा ठूलो भूमिका निर्वाह गरेका हुन्छन्,’ नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने ‘सचेतना कार्यक्रममार्फत सम्पदा संरक्षण गर्ने अभियानमा छौंँ ।’

काठेखोला गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका पानीका मुहान संरक्षण, जलाधार संरक्षण, जलाशययुक्त पर्यटन पूर्वाधार निर्माण गरी जलचरको संरक्षण गर्ने नीति बनाएको छ ।

बरेङ गाउँपालिकाले जोखिममा रहेका सिमसार, पोखरी र मुहान संरक्षणका लागि स्थानीय युवा, महिला र सामाजिक सङ्घ–संस्था परिचालन गर्ने नीति लिएको छ । सर्वसाधारणको सहभागितामा नै सिमसार, पोखरी र मुहान संरक्षण गर्दा दिगो र प्रभावकारी हुने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

जलवायु परिवर्तनको जोखिमसँग जुध्न र पानीका मुहान संरक्षण गर्न यस्ता कार्यक्रम ल्याइएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १ : १६ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा