पानीका मुहान जोगाउन पोखरी संरक्षण गरिने | Khabarhub Khabarhub

पानीका मुहान जोगाउन पोखरी संरक्षण गरिने


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङका स्थानीय तहले पानीको मुहान संरक्षणका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । सुख्खा याममा पानीका मुहान सुक्ने र खानेपानीसमेत अभाव हुन थालेपछि मुहान संरक्षणका लागि प्राकृतिक विधि अपनाउने गरी कार्यक्रम ल्याइएको हो ।

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा पानीका स्रोत संरक्षणका लागि मुहान जोगउने कार्यक्रम तयार गरिएका हुन् ।

स्थानीय तहले वृक्षरोपण, पोखरी निर्माण, बर,पिपल संरक्षण, कुवा तथा पौराणिक पँधेरो संरक्षणलगायत कार्यक्रम गरी पानीका मुहान जोगाउने अभियान बनाएका छन् ।

जिल्ला सदरमुकामसमेत रहेको बागलुङ नगरपालिकाले पानीको मूल संरक्षण गर्न एक वडा एक पोखरी निर्माण गर्ने नीति लिएको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने, ‘नगरपालिका क्षेत्रभित्रका महत्वपूर्ण ताल तलैया, कुवा, पोखरीलगायत प्राकृतिक जलाशय संरक्षण गरी जलाधार संरक्षणमा सहयोग पु¥याउन तथा पानीको स्रोत संरक्षण गर्न उजाड एवं सुख्खा स्थानमा एक वडा एक पोखरी कार्यक्रम सञ्चालन गरिने छ ।’

जैमिनी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका बर, पिपल, समीलगायत वृक्ष रोप्नाका साथै परम्परागत चौतारी र पोखरीे संरक्षण गर्ने कार्यक्रम ल्याएको छ । ‘प्राकृतिक सम्पदाले पानीको मुहान संरक्षणमा ठूलो भूमिका निर्वाह गरेका हुन्छन्,’ नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने ‘सचेतना कार्यक्रममार्फत सम्पदा संरक्षण गर्ने अभियानमा छौंँ ।’

काठेखोला गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका पानीका मुहान संरक्षण, जलाधार संरक्षण, जलाशययुक्त पर्यटन पूर्वाधार निर्माण गरी जलचरको संरक्षण गर्ने नीति बनाएको छ ।

बरेङ गाउँपालिकाले जोखिममा रहेका सिमसार, पोखरी र मुहान संरक्षणका लागि स्थानीय युवा, महिला र सामाजिक सङ्घ–संस्था परिचालन गर्ने नीति लिएको छ । सर्वसाधारणको सहभागितामा नै सिमसार, पोखरी र मुहान संरक्षण गर्दा दिगो र प्रभावकारी हुने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

जलवायु परिवर्तनको जोखिमसँग जुध्न र पानीका मुहान संरक्षण गर्न यस्ता कार्यक्रम ल्याइएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १ : १६ बजे

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय

जनकपुरधाम – मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता

प्रधानमन्त्री कार्कीलाई कांग्रेस नेता केसीले दिए पाँच बुँदे सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले जेन-जी आन्दोलनका

मोरङका पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालयको सरसफाइ

मोरङ – नेपाल पत्रकार महासङ्घ मोरङको अगुवाइमा विराटनगर महानगरपालिका–७ स्थित