सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर « Khabarhub

सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सम्पति शुद्धीकरण अनुसन्धान विभागले सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत नवीन सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । विभागले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध १ करोड १८ लाख ७७ हजार ७ सय रुपैयाभन्दा धेरै बिगो मागदाबी गरिएको छ । विभागले उनका सन्तानको नाममा रहेको सम्पत्ति पनि जफत गर्न अदालतसमक्ष माग गरेको छ ।

नविन सुवेदीसमेतका प्रतिवादीहरुले २०७२ साल चैत्र देखि २०७८ साल मंसिरसम्म बैंकको कर्पोरेट कार्यालयमा रहेको रेमिट्यान्स कारोबार हुने पुमरी बैंकिङ सफ्टवेयरको पार्किङ खातामा रेमिट्यान्स नै नआएको र आवश्यक कागजात समेत नराखी फर्जी कारोबार गरी बैंकलाई हानी पुर्‍याएको उल्लेख गरिएको छ ।

विभागका अनुसार बैंकिङ कसूर मुद्दाका प्रतिवादीहरुको खातामा अस्वभाविक कारोबार भएको देखिँदा यसतर्फ सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धान तथा कारबाहीका लागि उजुरी परेको थियो ।

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ४ : ३४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि