सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर « Khabarhub

सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सम्पति शुद्धीकरण अनुसन्धान विभागले सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत नवीन सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । विभागले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध १ करोड १८ लाख ७७ हजार ७ सय रुपैयाभन्दा धेरै बिगो मागदाबी गरिएको छ । विभागले उनका सन्तानको नाममा रहेको सम्पत्ति पनि जफत गर्न अदालतसमक्ष माग गरेको छ ।

नविन सुवेदीसमेतका प्रतिवादीहरुले २०७२ साल चैत्र देखि २०७८ साल मंसिरसम्म बैंकको कर्पोरेट कार्यालयमा रहेको रेमिट्यान्स कारोबार हुने पुमरी बैंकिङ सफ्टवेयरको पार्किङ खातामा रेमिट्यान्स नै नआएको र आवश्यक कागजात समेत नराखी फर्जी कारोबार गरी बैंकलाई हानी पुर्‍याएको उल्लेख गरिएको छ ।

विभागका अनुसार बैंकिङ कसूर मुद्दाका प्रतिवादीहरुको खातामा अस्वभाविक कारोबार भएको देखिँदा यसतर्फ सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धान तथा कारबाहीका लागि उजुरी परेको थियो ।

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ४ : ३४ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका