बारामा वन अतिक्रमण तीव्र | Khabarhub Khabarhub

बारामा वन अतिक्रमण तीव्र


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कलैया- बारामा वन अतिक्रमण तीव्र रुपमा बढ्दै गएको छ । वन क्षेत्र मानव अतिक्रमणको चपेटामा परेको छ । नियन्त्रणको प्रयास हुन नसक्दा वन अतिक्रमण बढ्दै गएको हो ।

भरतगंज सिगौल चकरी, नयाँ बस्ती, डम्मरपुर, भक्तलाल, ककरी, बोधवन, हरैया, जैतापुर, पथलैयालगायत विभिन्न स्थानमा गरी करिब १० हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको हो ।

निजगढ नगरपालिका १ भरतगन्ज सिगौलमा रहेको सबैभन्दा बढी अतिक्रमणमा परेको ब्रम्हबाबा सामुदायिक वनका सचिव राजकुमार थापाले वन समितिका केही व्यक्तीहरु नै अतिक्रमणमा लागेपछि वन अतिक्रमण बढेको बताए ।

जिल्लामा रहेका सामुदायिक र साझेदारी वन समितिका पदाधिकारीहरुको निष्कृयताले अतिक्रमण बढेको हो । सिगौंलकै जनशक्ति सामुदायिक वनका अध्यक्ष निर्मलकुमार केसी भने राजनीतिक हस्तक्षेपका कारण वन अतिक्रमण बढेको बताउँछन् ।

वन जङ्गल क्षेत्रमा रुखको जरामा आगो लगाएर सुकाउने र अतिक्रमण गरी खेतीपाती, घरटहरा बनाएर कब्जा गरेको भएपनि नियन्त्रणका प्रभावकारी कार्य हुन सकेको छैन ।

वन समितिहरु निष्कृय भएका कारण संरक्षणमा चुनौती आएको निजगढ सबडिभिजन कार्यालय धन्सारका प्रमुख एवम् सहायक वन अधिकृत रघुनाथ दासले बताए ।

स्थानीय सरकार प्रहरी प्रशासनको सहयोगबिना अतिक्रमण हटाउन नसकिने अवस्थामा पुगेको डिभिजन वन कार्यालय बाराका प्रमुख अधिकृत विनोद सिंहले बताए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ५ : ३० बजे

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्षस्थानमा

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ

एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी

तनहुँ– नेकपा एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन्

नोटमा चुच्चे नक्सा राख्दा टाउको दुखाइ किन ?

मन्त्रिपरिषद्को बैठकबाट सय रुपैयाँको नोटमा चुच्चे नक्सा हाल्ने निर्णय गरेपछि

सहकारी ठगीविरुद्ध तरुण दलले आज प्रदर्शन गर्ने

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको

क्यान्सरको उपचारमा प्रभावकारी बन्दै रेडिएसन थेरापी

काठमाडौं – नेपालमा नसर्ने रोगको प्रकोप बढ्दो छ। नेपालमा हुने