बारामा वन अतिक्रमण तीव्र « Khabarhub

बारामा वन अतिक्रमण तीव्र


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कलैया- बारामा वन अतिक्रमण तीव्र रुपमा बढ्दै गएको छ । वन क्षेत्र मानव अतिक्रमणको चपेटामा परेको छ । नियन्त्रणको प्रयास हुन नसक्दा वन अतिक्रमण बढ्दै गएको हो ।

भरतगंज सिगौल चकरी, नयाँ बस्ती, डम्मरपुर, भक्तलाल, ककरी, बोधवन, हरैया, जैतापुर, पथलैयालगायत विभिन्न स्थानमा गरी करिब १० हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको हो ।

निजगढ नगरपालिका १ भरतगन्ज सिगौलमा रहेको सबैभन्दा बढी अतिक्रमणमा परेको ब्रम्हबाबा सामुदायिक वनका सचिव राजकुमार थापाले वन समितिका केही व्यक्तीहरु नै अतिक्रमणमा लागेपछि वन अतिक्रमण बढेको बताए ।

जिल्लामा रहेका सामुदायिक र साझेदारी वन समितिका पदाधिकारीहरुको निष्कृयताले अतिक्रमण बढेको हो । सिगौंलकै जनशक्ति सामुदायिक वनका अध्यक्ष निर्मलकुमार केसी भने राजनीतिक हस्तक्षेपका कारण वन अतिक्रमण बढेको बताउँछन् ।

वन जङ्गल क्षेत्रमा रुखको जरामा आगो लगाएर सुकाउने र अतिक्रमण गरी खेतीपाती, घरटहरा बनाएर कब्जा गरेको भएपनि नियन्त्रणका प्रभावकारी कार्य हुन सकेको छैन ।

वन समितिहरु निष्कृय भएका कारण संरक्षणमा चुनौती आएको निजगढ सबडिभिजन कार्यालय धन्सारका प्रमुख एवम् सहायक वन अधिकृत रघुनाथ दासले बताए ।

स्थानीय सरकार प्रहरी प्रशासनको सहयोगबिना अतिक्रमण हटाउन नसकिने अवस्थामा पुगेको डिभिजन वन कार्यालय बाराका प्रमुख अधिकृत विनोद सिंहले बताए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ५ : ३० बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा