मन्त्री भुसालद्वारा बजार संरचना निर्माण पूरा गर्न निर्देशन « Khabarhub

मन्त्री भुसालद्वारा बजार संरचना निर्माण पूरा गर्न निर्देशन


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले चोभारस्थित निर्माणाधीन तरकारी बजारको स्थलगत निरीक्षण गरेका छन् ।

करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार सात वर्षदेखि निर्माणका क्रममा रहेकाले उनले त्यहाँ भइरहेको ढिलासुस्तीका बारे जानकारी लिए।

निरीक्षणपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री भुसालले सात वर्षको समयावधिमा परियोजना सम्पन्न गरी बजार सञ्चालन गर्नुपर्नेमा संरचना निर्माण पूरा नगर्ने निर्माण कम्पनीको गैरजिम्मेवारी कार्य भएको बताए ।

बाँकी रहेका कार्य अविलम्ब पूरा गर्न निर्देशन दिँदै उनले कृषि क्षेत्रको व्यावसायीकरण गरी निर्यात प्रवर्द्धन गर्नुपर्ने बताए ।

संविधानले परिकल्पना गरको समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि तीनवटै तहका सरकारबीच समन्वय तथा सहकार्यको आवश्यकता रहेको बताउँदै मन्त्री भुसालले जनताको खाद्य सम्प्रभूताको हक स्थापित गर्न कृषि उत्पादनका क्षेत्रमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ५४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र