मन्त्री भुसालद्वारा बजार संरचना निर्माण पूरा गर्न निर्देशन « Khabarhub

मन्त्री भुसालद्वारा बजार संरचना निर्माण पूरा गर्न निर्देशन


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले चोभारस्थित निर्माणाधीन तरकारी बजारको स्थलगत निरीक्षण गरेका छन् ।

करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार सात वर्षदेखि निर्माणका क्रममा रहेकाले उनले त्यहाँ भइरहेको ढिलासुस्तीका बारे जानकारी लिए।

निरीक्षणपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री भुसालले सात वर्षको समयावधिमा परियोजना सम्पन्न गरी बजार सञ्चालन गर्नुपर्नेमा संरचना निर्माण पूरा नगर्ने निर्माण कम्पनीको गैरजिम्मेवारी कार्य भएको बताए ।

बाँकी रहेका कार्य अविलम्ब पूरा गर्न निर्देशन दिँदै उनले कृषि क्षेत्रको व्यावसायीकरण गरी निर्यात प्रवर्द्धन गर्नुपर्ने बताए ।

संविधानले परिकल्पना गरको समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि तीनवटै तहका सरकारबीच समन्वय तथा सहकार्यको आवश्यकता रहेको बताउँदै मन्त्री भुसालले जनताको खाद्य सम्प्रभूताको हक स्थापित गर्न कृषि उत्पादनका क्षेत्रमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ५४ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा