सल्यानको सुन्तला बगैँचामा ‘पिङ्क डिजिज’ « Khabarhub

सल्यानको सुन्तला बगैँचामा ‘पिङ्क डिजिज’


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यान जिल्लाका सुन्तला बगैँचामा गुलाबी रङको रोग देखिएपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसहित विज्ञको टोली त्यहाँ पुगेको छ ।

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा सल्यानको सुन्तलामा लागेको रोगको नमूना परीक्षण गर्दा पिङ्क डिजिज (गुलाबी रोग) पत्ता लागेको थियो ।

रोग देखिएलगत्तै किसानको समस्या समाधान गर्न सो किसानसँग सरकार कार्यक्रमअन्तर्गत एकीकृत प्रयोगशाला सुर्खेतका विज्ञसहितको प्राविधिक टोली सल्यान, बागचौर नगरपालिका–९ स्थित सुन्तला किसानको बगैँचामा पुगेको थियो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश नेतृत्व, एकीकृत कृषि प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतको सहकार्य तथा कृषि विकास कार्यालय सल्यानको व्यवस्थापनमा शुक्रबार किसानसँग अन्तरक्रिया गर्दै मन्त्री शर्माले जिल्लाको पहिचानको रूपमा रहेको सुन्तला जातमा देखिएको समस्या समाधान गर्न सुन्तला बगैँचा सुदृढीकरण अभियान तथा बगैँचा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको बताए ।

सुन्तलाको पकेट क्षेत्र कोटमौलामा देखिएको रोगको उपचारका लागि प्राविधिक लिएर सम्बन्धित स्थलमा पुगिएको उनले बताए । मन्त्री शर्माका अनुसार किसानलाई तालिम दिएर रोग नियन्त्रणका लागि विषादी वितरण तथा प्रयोगको विषयमा बगैँचामै पुगेर कार्यक्रम अगाडि बढाइएको हो । टोलीले रोग नियन्त्रणमा लिन तीन सय ५० किसानलाई ‘कपर अक्सिक्लोराइडयुक्त’ विषादी वितरण गरेको थियो ।

बढी ओसिलो र न्यानो वातावरण भएको असार–भदौसम्म सुन्तलाका हाँगामा यो रोगको ढुसीले आक्रमण गर्ने कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेशमकुमार बस्नेतले जानकारी दिए । ‘सुरुमा यो रोगले छोएको ठाउँमा पानीले भिजेको जस्तो देखिने तर पछि विस्तारै रोगले ग्रसित हुँदै जान्छ’, उनले भने, ‘वर्षा सकिएपछि विस्तारै हाँगाको बोक्राको तन्तु मर्दै जान्छ र पछि सुक्न थाल्ने लक्षण देखिन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ७ : २१ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००