दाङमा दृष्टिविहीन बालिका बलात्कार गरेको आरोपमा विद्यालयका कार्यालय सहयोगी पक्राउ « Khabarhub

दाङमा दृष्टिविहीन बालिका बलात्कार गरेको आरोपमा विद्यालयका कार्यालय सहयोगी पक्राउ


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा एक दृष्टिविहीन बालिका बलात्कृत भएकी छन् । राप्ती गाउँपालिका २ लालमटियामा रहेको आदर्श नमूना विद्यालयमा अध्ययनरत वर्ष १३ की एक दृष्टिविहीन बालिका बलात्कृत भएकी हुन् ।

बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय भालुबाङले सोही विद्यालयमा कार्यरत कार्यालय सहयोगी तथा स्कुल बसका सहचालक गढवा गाउँपालिका १ का ४५ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको छ ।

उनलाई आइतबार बिहान करिब ८ बजे विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

भदौ ४ गते उनले बालिकामाथि बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । ५ वर्षदेखि सोही विद्यालयको होस्टेलमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर खनालले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाले आजै इलाका प्रहरी कार्यालय भालुबाङमा उजुरी दिएपछि आरोपित खनाललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनलाई म्याद थपका लागि दाङ जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ७ : २९ बजे

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बोस्टन – किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-०