जनकपुरमा एक युवतीको रहस्यमय मृत्यु « Khabarhub

जनकपुरमा एक युवतीको रहस्यमय मृत्यु


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरमा एक युवतीको रहस्यमय मृत्यु भएको भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको छ। जनकपुरधाम उपमहानगरपालिका १९ जमुनियाकी १८ वर्षीया सरस्वती यादवको रहस्यमय मृत्यु भएको भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको हो।

आज दिउँसो उनको शव प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताए। कलमा पानी लिन जाँदा लडेर मृत्यु भएको भनेर आमाकी बालिकाले बयान दिएकी छन्।

स्थानीयबासिन्दाले भने सरस्वतीको राति नै मृत्यु भएको बताएका छन्। सरस्वतीलाई अनावश्यक औषधि खुवाइएपछि रक्तश्राव भएर राति नै घरमा मृत्यु भएको अनुसन्धानका क्रममा पाइएको प्रहरीको भनाइ छ।

घटना के कसरी भएको हो भन्ने विषयमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ८ : ३० बजे

दुईदिने बिदाकाे चापले अतिरिक्त सिफ्टको तयारीमा सरकारी अस्पताल, ओपीडी–शल्यक्रिया प्रभावित

काठमाडौँ– सरकारले इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा