दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दिनभर आज कोशी सरकारविरुद्धको रिटमा भोलिदेखि पूर्ण इजलासमा सुनुवाइ हुने, प्रसव पीडा र शारीरिक समस्यामा रहेकी सविनामाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दीय रहेको मेयर बालेनको सचिवालयको भनाइ, भारतविरुद्ध नेपाली टिमलाई समर्थन गर्न श्रीमती निकितासहित रवि लामिछाने श्रीलंका प्रस्थान, संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय, नेकपा एसले बोलायो सचिवालय बैठक, राप्रपाले विरोधसभा गर्ने, आजदेखि हेलो सरकार २४ सै घण्टा सञ्चालनमा, नेप्से परिसूचक उच्च अङ्कले ओरालोलगायतका समाचारले प्रमुख स्थान पाए ।

कोशी सरकारविरुद्धको रिटमा भोलिदेखि पूर्ण इजलासमा सुनुवाइ हुने

कोशी प्रदेश सरकारविरुद्धको रिटमा भोलिदेखि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा सरकारले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै सर्वोच्चमा रिट हालेको थियो ।

‘प्रसव पीडा र शारीरिक समस्यामा रहेकी सविनामाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दीय’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को स्वकीय सचिवालयले श्रीमती सविना काफ्लेले सरकारी सवारी साधन उपयोग गरेको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै सचिवालयले सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा सुत्केरी अवस्थामा रहेकी सविनाको स्वास्थ्यमा शनिबार बेलुका एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएको र सोही क्रममा स्वास्थ्य परीक्षणका लागि सरकारी गाडी प्रयोग गरेको जनाइएको छ । सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडीको प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भारतविरुद्ध नेपाली टिमलाई समर्थन गर्न श्रीमती निकितासहित रवि लामिछाने श्रीलंका प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपाली टिमलाई समर्थन गर्न श्रीलंका प्रस्थान गरेका छन् ।

सोमबार हुने भारतविरुद्धको खेलमा नेपाली टिमलाई समर्थन गर्न उनी श्रीलंका गएका हुन् । श्रीमती निकितासहित सभापति लामिछाने श्रीलंका प्रस्थान गरेको रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोराले फेसबुकमार्फत् जानकारी दिएका छन् ।

संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय

सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यरूपमा मनाउने निर्णय गरेको छ ।

आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

मल आयातमा देखिएको समस्या समाधान गर्न पहल गरेको छु : मन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले मल आयातमा देखिएको समस्या समाधान गर्न पहल गरेको बताएका छन् ।

मन्त्रीको पदभार सम्हालेको पाँच महिना पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले मल आयातमा देखिएको समस्या समाधान गर्न खरिद प्रक्रिया छोट्याउन सार्वजनिक खरिद ऐन र नियमावलीमा संशोधन प्रस्ताव गरिएको बताए ।

सुशासन समितिद्वारा लैङ्गिक समानताका लागि आवश्यक संरचना निर्माण गर्न सरकारलाई निर्देशन

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले लैङ्गिक समानताका लागि आवश्यक संरचना निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयन सम्बन्धी अनुगमन मूल्याङ्कन गर्न समेत निर्देशन दिएको समितिका सभापति प्रकाश पन्थले बताए ।

जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने माओवादीकाे प्रयास असफल : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने नेकपा माओवादी केन्द्रको प्रयास असफल भएको बताएका छन् ।

धर्म, जात/जाति, मधेश, पहाडको नाममा माओवादीले द्वन्द्व सिर्जना गर्न खोजेको र त्यो नसकेपछी पछाडि हटेको सचिव भट्टराईको तर्क छ । सबै जाति, धर्म, भूगोलको वर्गीय विभेदलाइ अन्त्य गरी समान अधिकार दिलाउन नेकपा एमालेले मात्र सक्ने दाबी गर्दै उनले कम्युनिष्ट पार्टीको मूल नेतृत्व नै एमाले भएको बताए ।

नेकपा एसले बोलायो सचिवालय बैठक

नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बस्नेगरी बैठक बोलाइएको भए पनि समय भने तय गरिएको छैन ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

कृषि समितिको बैठकमा सांसदहरुको सुझाव : गाँजाखेतीलाई कानुनी मान्यता दिनुपर्‍यो

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मुलुकमा गाँजाखेतीलाई कानुनी मान्यता दिने विषयमा छलफल भएको छ ।

समितिको बैठकले मुलुकमा गाँजाखेतीको सम्भावना र सम्भव, बहुउपयोगिता, उत्पादन, प्रशोधन, वितरणलाई कानुनी मान्यता प्रदान गर्ने सन्दर्भमा सरोकारवाला निकायसँग आगामी दिनमा गहन र विस्तृत छलफल गर्ने निर्णय गरेको हो ।

राप्रपाले विरोधसभा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ भदौमा काठमाडौंमा विरोधसभा गर्ने भएको छ ।

आज बसेको पार्टी पदाधिकारी बैठकले हिन्दुत्वको रक्षा, हिन्दू राष्ट्र, राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी र विभिन्न भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै विरोधसभा गर्ने निर्णय गरेको हो ।

शान्ति प्रक्रियाका विषयमा अमेरिकी सिनेटर भान होलेनको चासो

नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनले शान्ति प्रक्रियाका विषयमा चासो व्यक्त गरेका छन् ।

आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै सिनेटर होलेनले नेपालको शान्ति प्रक्रिया कसरी अघि बढ्छ र निष्कर्षमा पुग्छ भन्ने विषयमा चासो व्यक्त गरेका हुन् ।

सरकारले व्यवस्थाप्रति विश्वास जगाउने काम गरेको छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रतिको विश्वास जगाउनसक्नु वर्तमान सरकारको प्रमुख उपलब्धि भएको बताएकी छिन् । नेकपा (माओवादी केन्द्र) घोराही उपमहानगरपालिका समिति दाङले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले अहिलेको व्यवस्थाप्रति चरम निराशा फैलाउने काम भइरहेको बेला सरकारले व्यवस्थाप्रति विश्वास जगाउने काम गरेको बताइन् ।

आफ्नो देशका नागरिकलाई अर्को देशको नागरिक बनाएर तेस्रो देश पठाउने, हजार साँवा दिएर लाखौँ ब्याज लिने मिटरब्याजजस्ता मानवताविरुद्धका अपराध रोकेर ती प्रकरणमा संलग्नहरूमाथि कारबाही थालिनु सुशासनको पक्षमा महत्वपूर्ण कदम भएको पनि उनले बताइन । सत्ता र शक्तिमा पुगेकाहरूले जे गरे पनि हुने गलत प्रवृत्तिको अन्त्य गरी देशका उपप्रधानमन्त्री, गृहमन्त्री तहसम्म पुगेका व्यक्तिहरूलाई पनि कानूनी कठघरामा जाने स्थिति वर्तमान सरकारले सुशासनको पक्षमा गरेको प्रयासको परिणाम भएको मन्त्री शर्माले स्पष्ट पारिन् ।

आजदेखि हेलो सरकार २४ सै घण्टा सञ्चालनमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार” को सेवालाई तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्यको उद्घाटन गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम उद्घाटन गरेका हुन् । उक्त अवसरमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए ।

स्वास्थ्यमन्त्री बस्नेत र राजदूत सोङबीच भेटवार्ता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै उहाँहरुबीच आज मन्त्रालयमा भेटवार्ता भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए ।

सर्वोच्च अदालतले थुनामा रहेका पाकिस्तानी नागरिक मोजाम अब्दुल हईलाई थुनामुक्त गर्न अध्यागमन विभागलगायत निकायका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र डा मनोजकुमार शर्माको संयुक्त इजलासले शुक्रबार पाकिस्तानी नागरिक हईलाई रिहा गरी आफ्नै देश फिर्ता गराउन आदेश गरेको हो ।

साउदीमा रहेका नेपाली श्रमिकका समस्या समाधान गर्न माग

गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनमार्फत नेपाली श्रमिक सम्बन्धित पाँचबुँदे ज्ञापनपत्र बुझाएको छ ।

सांसद लिङ्देन नेपाली प्रवासी एकता मञ्च साउदी अरबको प्रथम वार्षिकोत्सव समारोहमा सहभागी हुन पुगेको बेला एनआरएनएकातर्फबाट अध्यक्ष रबिना अर्याल लगायतका पदाधिकारीहरूले ज्ञापनपत्र बुझाएका हुन् ।

सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ : कांग्रेस नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले सरकार जनताप्रति उत्तरदायी नभए कांग्रेसले सरकारको अपजसको भारी नबोक्ने चेतावनी दिए ।

‘सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ । प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताको घरमा पुग्नुपर्छ । मल नपाएका किसानका खेतमा मलखाद पुग्नुपर्छ । लम्पी स्किनबाट ग्रसित किसानका गोठमा भ्याक्सिन पुग्नुपर्छ । महँगी नियन्त्रणमा सरकारको भूमिका देखिनुपर्छ । राष्ट्रियताका सरकारले चट्टानी अडान राख्नु पर्छ । नत्र जनता आफैँले सरकारको विकल्प खोज्नेछन् ।’ उनले भने कांग्रेस सधैँ सरकारको कमजोरी र त्यसको अपजस बोक्ने अवस्थामा अब छैन ।’

नेप्से परिसूचक उच्च अङ्कले ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २९ दशलमव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६० दशमलव ७८ विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव शून्य नौ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलव ६२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज गिरावट देखिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ९ : ०० बजे

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं – नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा

भारतको गुजरातमा पर्खाल भत्किँदा छ जनाको मृत्यु

नयाँ दिल्ली – भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

सुदूरपश्चिम – कैलालीको चुरे गाउँपालिका–६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया

प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र

नेपाललाई स्तब्ध पार्दै उज्बेकिस्ताले जित्यो काभा यू–२० भलिबलको उपाधि

काठमाडौं – श्रीलंकामा जारी काभा यु–२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल