प्रधानमन्त्री दाहाल र एमसीसीकी कार्यकारी अधिकृत एलिसबीच भेटवार्ता  | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाल र एमसीसीकी कार्यकारी अधिकृत एलिसबीच भेटवार्ता 


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट बीच भेटवार्ता भएको छ।

आइतबार साँझ नेपाल आएकी अल्ब्राइटले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भेटेकी हुन् ।  हिजो उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन ।

प्रधानमन्त्री दाहाल र अलब्राइटबीच एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् ।  

नेपालमा एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिना भएको छ । सो परियोजना कार्यान्वयनमा आएपछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल काठमाडौँ आएको हो। गत भदौ १३ गतेबाट एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो ।

अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको एमसीसी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १० : ०४ बजे

विद्युत प्राधिकरणले खाल्डो पुर्न बिर्सँदा…(तस्बिरहरू)

काठमाडौँ – नेतृत्व फेरिएसँगै तारन्तार बिजुली काटेर लोडसेडिङजस्तै स्थिति निम्त्याएको

सुदूरपश्चिम सरकारले केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबुलकार

बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता

बाजुरा– गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका

बजेट विनियोजनमा सांसदको असन्तुष्टि

काठमाडौं– सांसदहरूले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि प्रकट गरेका छन् ।

‘आयोजना बैंकका नाममा मन्त्री नै बिचौलिया भए’

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको