ठगीको अभियोगमा दुई जना पक्राउ « Khabarhub

ठगीको अभियोगमा दुई जना पक्राउ


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपलब्ध गराउने भनी विभिन्न व्यक्तिबाट ठगी गरेको पाइएपछि कार्यालयको टोलीले उनीहरुलाई विराटनगरबाट पक्राउ गरी आज काठमाडौँ ल्याएको हो ।

यसरी पक्राउ पर्नेमा मोरङका गौरव जैन र भोजपुरका शैलेन्द्र श्रेष्ठ रहेका कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। सम्पर्क नम्बरसमेत सार्वजनिक गरी ठगी गर्ने समूहले महिलाहरूको फोटो उपलब्ध गराइदिने र छनोट भएकाको हकमा तोकिएको मूल्य दिएपछि महिला उपलब्ध हुने भनी समाजिक सञ्जालका समूहहरुमा पोष्ट गरी रकम ठगी गरेको पाइएको उनले बताए।

अनुसन्धानका क्रममा सामाजिक सञ्जालबाट सार्वजनिक भएको मोबाइल नम्बर चलाउने दुई व्यक्ति उनीहरु भएको पत्तालागेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मोरङबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो ।

उनीहरूलाई कानुनी कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १० : ४५ बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको