जापानमा भालुको आक्रमण अहिलेसम्मकै उच्च « Khabarhub

जापानमा भालुको आक्रमण अहिलेसम्मकै उच्च


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

टोकियो- आर्थिक वर्ष २००६ मा रेकर्ड राख्न सुरु भएयता जापानभर भालुको आक्रमण कीर्तिमानी स्तरमा पुगेको छ । मुलकमा भालुको आक्रमणका  लागि यो वर्ष सबैभन्दा खराब वर्ष हो ।

पर्यावरण मन्त्रालयका अनुसार आर्थिक वर्ष सुरु हुने अप्रिल महिनापछिको आठ महिनामा मुलुकभर एक सय ९३ वटा भालुको आक्रमण भएको छ र यस क्रममा दुई सय १२ जना घाइते र छ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२० मा घाइते भएका एक सय ५८ जनाको कीर्तिमानी सङ्ख्यालाई यो आँकडाले नाघेको छ । उत्तरपूर्वी जापानमा ७० प्रतिशत आक्रमण भएको छ । अकितामा ७० र इवातेमा ४५ आक्रमण भएका छन् ।

गत नोभेम्बरमा भालुले ३० जनामाथि आक्रमण गरेको थियो । उक्त आक्रमण दोस्रो सबैभन्दा ठूलो थियो । भालुहरू सामान्यतया नोभेम्बरको अन्त्यदेखि डिसेम्बरसम्म शीतनिद्रामा जान्छन् तर मन्त्रालयका अधिकारीहरूले अझै पनि आक्रमण हुनसक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ५ : ३९ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै