आचारसंहिता पालना गर्न काउन्सिलको आग्रह « Khabarhub

आचारसंहिता पालना गर्न काउन्सिलको आग्रह


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मिडिया काउन्सिल (मधेस प्रदेश) ले बारा निर्वाचन क्षेत्र नं २ मा आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको सन्दर्भमा पत्रकार आचारसंहिताको परिपालना गर्न पत्रकार एवं सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

काउन्सिलले आज एक विज्ञप्ति जारी गरी उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सञ्चारकर्मी एवं सञ्चारमाध्मको महत्त्वपूर्ण भूमिका रहेको भन्दै कुनै पनि दल तथा उम्मेदवारको पक्ष विपक्षमा समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको हो । त्यसैगरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि सचेत रहन आग्रह गरेको छ ।

“कुनै पनि दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर पक्ष वा विपक्षमा समाचार प्रकाशन तथा प्रसारण नगर्न काउन्सिल सबैमा आग्रह गर्दछ”, काउन्सिलका निमित्त प्रशासकीय प्रमुख मुनेश्वर यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्तै सामाजिक सञ्जालमार्फत यो वा त्यो दल वा दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न नगराउन हुन सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई काउन्सिल अपिल गर्दछ ।”

काउन्सिलले उपनिर्वाचनलाई मध्यनजर गरी पत्रकार आचारसंहिता अनुगमन कार्य सुरु गरेको र कुनै पनि माध्यमबाट पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा जानकारी गराउन हुनसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ९ : ०७ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी