पुष्प मेलामा लक्ष्यभन्दा ३२ लाख बढी कारोबार | Khabarhub Khabarhub

पुष्प मेलामा लक्ष्यभन्दा ३२ लाख बढी कारोबार


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यही चैत १७ देखि २० गतेसम्म भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा रु ३२ लाख बढी आर्थिक कारोबार भएको छ ।

पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा रु एक करोड सात लाख बराबरको कारोबार भएको बताइएको छ । मेलामा ३९ हजार तीन सय ५० जनाले अवलोकन गरेका थिए । आयोजकले मेलामा जम्मा रु ७५ लाख कारोबार हुने लक्ष्य लिएको भए पनि लक्ष्यभन्दा निकै बढी कारोबार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

मेलामा विशेषगरी नयाँ प्रजातिका घरभित्र सजाउन प्रयोग गरिने फूल र घरबाहिर बगैँचामा सजावटका लागि प्रयोग गरिने फूल उपभोक्ताको रोजाइमा परेको पनि अध्यक्ष तामाङले जानकारी दिए ।

अध्यक्ष तामाङले भने, “कोरोनाले महामारीको रूप लिएको वर्षमा बाहेक विगत २० वर्षदेखि हरेक वर्ष मेला गर्दै आएका छौँ तर यति राम्रो कारोबार अहिलेसम्म भएको थिएन, बजारमा फूलको माग बढेछ ।” फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा सञ्चालन गरिएको मेलामा ७० कक्षमा चार सय ५० भन्दा बढी फूल बिरुवाको प्रदर्शनमा राखिएको थियो ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ ।

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । कात्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । कोरोना महामारीकै कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठिन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यस वर्ष लक्ष्यमा पुग्न निकै सहज हुने बताइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  १० : २३ बजे

नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समानता र सबै

न्याय परिषद सदस्यको नाम चाँडो पठाउन बारलाई दबाव

काठमाडौं– न्याय परिषदमा रिक्त सदस्य पदका लागि चाँडो नाम पठाउन

निजी लगानीलाई वृद्धि गर्न आवश्यक : अर्थमन्त्री 

काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी

पर्साका दुई न्यायाधीशलाई वर्षोत्कृष्ठ सम्मान

काठमाडौं– न्यायपरिषदले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ठ न्यायाधीशको सम्मान

आप्रवासी श्रमिकको मानव अधिकार संरक्षणमा जोड

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी श्रमिकको अधिकार संरक्षणमा