२५६७औँ बुद्धजयन्तीमा साताव्यापी कार्यक्रम, प्रधानमन्त्री लुम्बिनी जाने  « Khabarhub

२५६७औँ बुद्धजयन्तीमा साताव्यापी कार्यक्रम, प्रधानमन्त्री लुम्बिनी जाने 


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भैरहवा– लुम्बिनी विकास कोषले बिहीबार परेको २५६७औं बुद्धजयन्ती तथा एवं लुम्बिनी दिवस–२०८० को अवसरमा साताभरि विविध कार्यक्रमसहित मनाउन जनाएको छ ।  बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वारणको नियोग परेको दिन वैशाख पूर्णिमाको अवसरमा कोषले विशेष महत्वका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा मूल समारोह कार्यक्रम गर्न लागेको हो ।

दिवसको पूर्व सन्ध्यामा वैशाख १९ गते देवदहमा देवह सूतरनारी शक्ति प्रवचन गरिएको र वैशाख २१ गते मायादेवी परिसरमा दीप प्रज्वलन तथा महापरित्राण, बुद्धपूर्णिमाका दिन पूर्णिमा पूजा पाठ, शोभा यात्रा, मूल समारोह सहित भोजनदानको कार्यक्रम रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

‘विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मुख्यमन्त्री, प्रतिनिधिसभा, प्रदेशसभा सदस्यहरू, स्थानीय सरकार प्रमुखसहित उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोग, विदेशी पाहुनाहरुकोसमेत सहभागिता रहने,’ भट्टराईले भने ।

प्रधानमन्त्री प्रचण्डको सम्बोधन पश्चात सांस्कृतिक संस्थानका कलाकारहरूले पटाचारा नामक नाटक प्रदर्शन र स्थानीय कलाकारहरूबाट भेषभुषामा सांस्कृतिक कार्यक्रम, वैशाख २२ गते पण्डितपुरदेखि रामग्राम अस्थिधातु यात्रा र वैशाख २३ गते लुम्बिनीबाट कपिलवस्तु सम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रासँगै तिलौराकोटमा विशेष समारोह गर्ने उनले बताए । 

त्यस्तै रामग्राम र देवदह नगरपालिका र लुम्बिनी विकास कोषका संयुक्त आयोजनामा २२ वैशाखमा देवदहको भवानीपुर, बडिमाई, कन्यामाई जस्ता पवित्रस्थलहरुमा शान्तिदीप प्रज्वलन कार्यक्रम नगरप्रमुख, उपप्रमुख तथा वडाअध्यक्षहरूको अगुवाइमा कार्यक्रम हुनेछ । 

यस वर्षदेखि भगवान बुद्धको महत्व दर्शाउनका लागि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकासहित वृहत्तर लुम्बिनी क्षेत्रका बासिन्दाहरुलाई बुद्धजउन्तीको अवसरमा दीप प्रज्ज्वलन गर्न अपील गर्दछौँ, ’उनले भने । 

लुम्बिनी विकास कोषले २५६७औं बुद्ध जयन्ती मनाउन १ करोड रुपैयाँ बजेट छुट्टाएको छ । दिवसको अवसरमा ‘क्लिन लुम्बिनी, ग्रिन लुम्बिनी’ भन्ने नारासहित लुम्बिनी सरसफाई अभियान सुरुवात गरिएको कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।

लुम्बिनी विश्वभरका बौद्धमार्गीहरूको आस्थाको केन्द्रसमेत भएकाले यसलाई सफा र स्वच्छ राख्ने दायित्व पर्यटकदेखि यहाँको स्थानीय र होटल व्यवसायीसमेतको हो भन्ने भावना जागृत गराउन अभियानको सुरुवात गरिएको उनले बताए । वैशाख ९ गतेबाट यो अभियान सुरु भएको र जारी रहने उनले बताए ।

बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनी परिसरभित्र चल्ने कुनै पनि सवारीसाधनहरुले हर्न निषेध गर्ने निर्णय भएको छ । यसाले शान्ति क्षेत्र लुम्बिनी शान्तिपूर्ण वातावरण कायम गर्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । समग्रमा तयारी अन्तिम चरणमा छ । विशेष समारोह भव्यताका साथ सफल बनाउनका लागि मूल आयोजक समिति, त्यस अन्तर्गत मूल ब्यवस्थापन समिति र विभिन्न उप–समितिहरु गठन गरिएको शाक्यले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  २ : ११ बजे

कानुनमन्त्री सोविता गौतमद्वारा न्याय परिषद् र न्याय सेवा आयोगसँग छलफल

काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले

सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – नेपाल सरकारले देशभर सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण बन्द गराउने सरकारको निर्णय

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची