संगठन निर्माणमा जुट्न अध्यक्ष नेपालको निर्देशन « Khabarhub

संगठन निर्माणमा जुट्न अध्यक्ष नेपालको निर्देशन


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गोदावरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संगठन निर्माणमा अहोरात्र खट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा आयोजित संगठन सुदृढीकरण विशेष अभियान समीक्षा भेलाको उद्घाटन गर्दै उनले संगठन निर्माण र जनजीविकाका मुद्दामा केन्द्रित भएर अहोरात्र खट्न निर्देशन दिए । अध्यक्ष नेपालले उपनिर्वाचनको परिणामले पुराना दल सक्किने होइन, सच्चिनु पर्छ भन्ने सन्देश दिएको टिप्पणी गरे । देश र जनताका पक्षमा काम गर्न सकिएन भने जनता निराश हुने भन्दै उहाँले पुराना दल सच्चिनुको विकल्प नभएको बताए।

उनले गठबन्धन दलमा कुनै समस्या नरहेको बताउँदै साना–तिना समस्या भएकाले छलफल गरेर समाधान गरी गठबन्धन अगाडि बढ्ने स्पष्ट गरे । अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश सरकारबारे गठबन्धन दलहरूबीच छलफल भइरहेकाले चाँडै निकास निस्केर प्रदेश सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ७ : १६ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज