लुम्बिनीमा चिनियाँ गुम्बाको मनपरी, विकास कोषका पदाधिकारी नै असन्तुष्ट « Khabarhub

लुम्बिनीमा चिनियाँ गुम्बाको मनपरी, विकास कोषका पदाधिकारी नै असन्तुष्ट


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको चिनियाँ गुम्बाले सिंगो मायादेवी मन्दिर परिसरमा कब्जा जमाएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ ।

बिहीबार केही समयका लागि दीप प्रज्वलनको अनुमति लिएर चिनियाँ गुम्बाले सिंगो मायादेवी मन्दिर परिसर नै छेकिने गरी बडेमानको स्टेज र बोर्ड राखेको भन्दै लुम्बिनी विकास कोषका केही पदाधिकारीले नै असन्तुष्टि जनाएका छन् ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले दीप प्रज्वलन कार्यक्रमको अनुमति लिएर चिनियाँ गुम्बाले स्टेज बनाएको जानकारी दिए । उनले दुई घण्टाका लागि मात्र अनुमति लिएको बताए । उनले भने, ‘हामीसँग कार्यक्रम गर्न अनुमति लिइएको हो । स्टेज बनाउन अनुमति लिएको होइन । यति ठूलो स्टेज बनाउने कुरा भएको थिएन । जम्मा दुई घण्टाका लागि हो ।’

युनेस्को विश्व सम्पदा सूचीमा रहेको मायादेवी मन्दिर परिसरमा हाल सयौंको संख्यामा चिनियाँहरूको बाक्लो चहलपहल छ ।

बुद्ध जयन्तीको अवसरमा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुन चीनबाट चिनियाँ धार्मिक तथा साँस्कृतिक संगठनका महासचिव हान सोङ बुधबार नै काठमाडौँ आइसकेका छन् ।

उनी ११ जना प्रतिनिधिमण्डलको जम्बो टोली लिएर क्याथे प्यासिफिकको उडानबाट बुधबार अबेर काठमाडौँ आएका हुन् ।

लुम्बिनीमा आयोजना हुने उक्त कार्यक्रममा चिनियाँ प्रतिनिधिसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि सहभागी हुने तय भएको छ ।

विश्लेषकहरुले भने कुनै धर्म नै नमान्ने कम्युनिष्ट पार्टीको सरकार रहेको चीनले नेपालमा आयोजना हुने धार्मिक गतिविधिमा देखाएको चासोप्रति संशय जनाएका छन् । केही जानकारहरु भने नेपालमा आफ्नो आर्थिक एवम् साँस्कृतिक प्रभाव विस्तार गर्न चीनले बौद्ध धर्मको उपयोग गरिरहेको बताउँछन् ।

नाम उल्लेख नगर्ने सर्तमा परराष्ट्र मामिलाका एक जना जानकारले खबरहबसँग भने, ‘यस्ता कार्यक्रम र रणनीतिबारे नेपालीले चासो देखाउने बेला भएन र ?’

 

 

 

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ९ : १६ बजे

बीमाका लागि पशुको नामसारी अनिवार्य

चितवन– पशु बिक्री गर्दा बीमा नामसारी अनिवार्य गर्न आग्रह गरिएको

‘सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ’

काठमाडौं– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरीले सवारी चालक, सहचालकप्रति

मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी : स्वास्थ्यमन्त्री

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पछिल्लो समय मानसिक

जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै

धनुषा– मधेस–प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर छ

रूस–युक्रेन युद्धबारे पुटिनसँग मोदीले भने : भारत तटस्थ होइन, शान्तिको पक्षमा छ

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हैदराबाद हाउसमा रूसी राष्ट्रपति