गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम आज सार्वजनिक गरिने | Khabarhub Khabarhub

गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम आज सार्वजनिक गरिने


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आव २०८०-८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुने प्रदेशसभा सचिवालयले जनाएको छ।

सचिवालयका प्रवक्ता प्रेम सुवेदीले नीति तथा कार्यक्रम सार्वजनिकीकरणका लागि सबै तयारी पूरा भएको बताए। सरकारले यही जेठ १२ गते विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेको थियो।

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि यही जेठ १५ र १६ गते बसेको प्रदेशसभा बैठकमा छलफल भएको थियो। प्रदेश सरकारले अगामी असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। बजेट आउनु पूर्व सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  १० : ३१ बजे

ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘ऊर्जा विकास

ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति

जुम्ला– जुम्ला, कालीकोट र मुगुका स्थानीय तहमा भइरहेको ग्रामीण सडक

नेपालको आर्थिक वृद्धिदर सुधार हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ– विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सुधार हुने प्रक्षेपण गरेको

भ्रष्टाचारको फाइल खोल्छु भन्दै सरकारले ब्ल्याकमेलिङ गर्दैछ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको छानबिन गर्छु

बझाङमा फेरि ६.३ म्याग्निच्युडको भूकम्प

बझाङ – बझाङमा फेरि  भूकम्पको कडा धक्का महसुस गरिएको छ