पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु, ११ घाइते  « Khabarhub

पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु, ११ घाइते 


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पामा आज बेलुकी जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन भने उनीहरूको पहिचान खुलेको छैन ।  

सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको हो । घाइते भएकाहरूलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको स्थानीयले बताएका छन् । 

घाइतेहरुलाई जंगल र भीरबाट सडकसम्म ल्याएर अस्पताल पठाउने कार्य भइरहेको छ । प्रहरीको टोली पनि घटनास्थलमा पुगेकाे छ  ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ७ : ०६ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा