गर्मी बढेपछि महोत्तरीका विद्यालय एक साता बन्द « Khabarhub

गर्मी बढेपछि महोत्तरीका विद्यालय एक साता बन्द


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – अत्यधिक गर्मी बढेसँगै तातो हावा चल्न थालेपछि महोत्तरीका विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।

जिल्लाका ६ वटा पालिकाले सूचना जारी गर्दै पालिकाभित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरु बन्द गर्ने निर्णय भएको जनाएको छ ।

जिल्लाका जलेश्वर, मनराशिसवा, बर्दिवास, भंगाहा, गौशाला नगरपालिका र सम्सी गाउँपालिकाले जेठ २६ गतेसम्म विद्यालय बन्द रहने र उक्त बिदा वर्षे बिदामा कट्टा गरिने जनाएका छन् ।

अत्यधिक गर्मीले विद्यर्थीहरूमा आलस्य हुने, पढाइमा मन नलाग्ने, बेहोस भएर ढल्ने जस्ता समस्या देखिन थालेपछि विद्यालय सोमबारबाट बिदा गर्ने निर्णय गरिएको बर्दिवास नगरशिक्षा शाखाका प्रमुख गणेश दाहालले बताए ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ८ : ११ बजे

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक