गर्मी बढेपछि महोत्तरीका विद्यालय एक साता बन्द | Khabarhub Khabarhub

गर्मी बढेपछि महोत्तरीका विद्यालय एक साता बन्द


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – अत्यधिक गर्मी बढेसँगै तातो हावा चल्न थालेपछि महोत्तरीका विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।

जिल्लाका ६ वटा पालिकाले सूचना जारी गर्दै पालिकाभित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरु बन्द गर्ने निर्णय भएको जनाएको छ ।

जिल्लाका जलेश्वर, मनराशिसवा, बर्दिवास, भंगाहा, गौशाला नगरपालिका र सम्सी गाउँपालिकाले जेठ २६ गतेसम्म विद्यालय बन्द रहने र उक्त बिदा वर्षे बिदामा कट्टा गरिने जनाएका छन् ।

अत्यधिक गर्मीले विद्यर्थीहरूमा आलस्य हुने, पढाइमा मन नलाग्ने, बेहोस भएर ढल्ने जस्ता समस्या देखिन थालेपछि विद्यालय सोमबारबाट बिदा गर्ने निर्णय गरिएको बर्दिवास नगरशिक्षा शाखाका प्रमुख गणेश दाहालले बताए ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ८ : ११ बजे

विदेशमा रहेका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब

देशभर मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायल एक्लो बन्दै गएपछि नेतान्याहुले भने- आत्मनिर्भर बन्नु आवश्यक छ

जेरूसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायल अन्तर्राष्ट्रिय एक्लोपनमा जान

हङकङमाथि श्रीलंकाको चार विकेटको जित

काठमाडौं – एसिया कप अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले हङकङलाई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय