म्याग्दीको बेनीमा ‘एक घर एक धारा’ निर्माण « Khabarhub

म्याग्दीको बेनीमा ‘एक घर एक धारा’ निर्माण


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–५ भिरमुनिको सिरानटोलमा खानेपानी आयोजना बनेपछि स्थानीय हर्षित बनेका छन् । अधिकांश दलित समुदायको बसोबास रहेको यस गाउँमा गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ खानेपानी अभियानअन्तर्गत घर–घरमा खानेपानीको धारा निर्माण भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले सञ्चालन गरेको पुरुन्ते खानेपानी आयोजना आयोजनाअन्तर्गत यस गाउँका ६० घरधुरीमा खानेपानीको धारा निर्माण भएको छ ।

यस वर्ष विनियोजन भएको १५ लाख बजेटबाट ६० घरमा धारासहित पाइप लाइन निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर दमैले बताए ।

उनका अनुसार सिरानटोल, बूढाघर, बाटामुनि, गैराघर टोलसम्म यस आयोजनाबाट खानेपानी वितरण हुनेछ । यस आयोजनाबाट ४५ घर दलित समुदाय र १४ घर गैरदलित समुदाय लाभान्वित बनेका छन् ।

अघिल्लो वर्ष विनियोजन भएको पाँच लाख बजेटबाट इन्टेक, ट्याङ्की र मुख्य पाइप लाइन निर्माण भएको र यस वर्ष धारा निर्माण सकिएको अध्यक्ष दमैले जानकारी दिए ।

सातवटा घरमा खानेपानी सञ्चालन भइसकेको र अन्य घरमा धारा र मिटर जडानको काम बाँकी रहेको स्थानीय जगत् परियारले जानकारी दिए ।

विगतमा एउटै धारामा धेरै घरपरिवारले आलोपालोमा खानेपानी र घरायसी प्रयोजनका लागि पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेकामा घर–घरमा खानेपानीको धारा निर्माण भएपछि स्थानीय हर्षित बनेको उनको भनाइ छ ।

उनले भने, ‘खानेपानीका लागि घन्टौँसम्म पालो पर्खनुपर्ने बाध्यता थियो, साझा धाराबाट घर–घरमा पाइपमा पानी खोसाखोस गरेर लैजानुपर्ने बाध्यता अब हट्ने भएको छ, घर–घरमा खानेपानी पुगेपछि पानीको जोहो गर्न लाग्ने समय पनि बचत हुनेछ ।’

यस आयोजनामा ध्वाखोलाको मूलमा रहेको पानीलाई पुरानो ट्याङ्कीमा जम्मा गरेर वितरण लाइनमार्फत घर–घरमा खानेपानी पुर्याउने व्यवस्था मिलाइएको छ । आगामी वर्ष खानेपानीको नयाँ सङ्कलन ट्याङ्की र धारा जडानका लागि योजना माग गरिएको उपभोक्ता समितिले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : ०० बजे

हर्मुज विवादले मध्यपूर्वमा सुरक्षा चुनौती गहिरियो

एजेन्सी– विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको

चोरी भएका ५१ सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु,  परराष्ट्रमन्त्री खनालले गरे शुभारम्भ

काठमाडौं– सरकारको नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु गरेको छ

मिडिया हाउसका गेटमै बेवारिसे कार, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं– काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी कार

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८