म्याग्दीको बेनीमा ‘एक घर एक धारा’ निर्माण « Khabarhub

म्याग्दीको बेनीमा ‘एक घर एक धारा’ निर्माण


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–५ भिरमुनिको सिरानटोलमा खानेपानी आयोजना बनेपछि स्थानीय हर्षित बनेका छन् । अधिकांश दलित समुदायको बसोबास रहेको यस गाउँमा गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ खानेपानी अभियानअन्तर्गत घर–घरमा खानेपानीको धारा निर्माण भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले सञ्चालन गरेको पुरुन्ते खानेपानी आयोजना आयोजनाअन्तर्गत यस गाउँका ६० घरधुरीमा खानेपानीको धारा निर्माण भएको छ ।

यस वर्ष विनियोजन भएको १५ लाख बजेटबाट ६० घरमा धारासहित पाइप लाइन निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर दमैले बताए ।

उनका अनुसार सिरानटोल, बूढाघर, बाटामुनि, गैराघर टोलसम्म यस आयोजनाबाट खानेपानी वितरण हुनेछ । यस आयोजनाबाट ४५ घर दलित समुदाय र १४ घर गैरदलित समुदाय लाभान्वित बनेका छन् ।

अघिल्लो वर्ष विनियोजन भएको पाँच लाख बजेटबाट इन्टेक, ट्याङ्की र मुख्य पाइप लाइन निर्माण भएको र यस वर्ष धारा निर्माण सकिएको अध्यक्ष दमैले जानकारी दिए ।

सातवटा घरमा खानेपानी सञ्चालन भइसकेको र अन्य घरमा धारा र मिटर जडानको काम बाँकी रहेको स्थानीय जगत् परियारले जानकारी दिए ।

विगतमा एउटै धारामा धेरै घरपरिवारले आलोपालोमा खानेपानी र घरायसी प्रयोजनका लागि पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेकामा घर–घरमा खानेपानीको धारा निर्माण भएपछि स्थानीय हर्षित बनेको उनको भनाइ छ ।

उनले भने, ‘खानेपानीका लागि घन्टौँसम्म पालो पर्खनुपर्ने बाध्यता थियो, साझा धाराबाट घर–घरमा पाइपमा पानी खोसाखोस गरेर लैजानुपर्ने बाध्यता अब हट्ने भएको छ, घर–घरमा खानेपानी पुगेपछि पानीको जोहो गर्न लाग्ने समय पनि बचत हुनेछ ।’

यस आयोजनामा ध्वाखोलाको मूलमा रहेको पानीलाई पुरानो ट्याङ्कीमा जम्मा गरेर वितरण लाइनमार्फत घर–घरमा खानेपानी पुर्याउने व्यवस्था मिलाइएको छ । आगामी वर्ष खानेपानीको नयाँ सङ्कलन ट्याङ्की र धारा जडानका लागि योजना माग गरिएको उपभोक्ता समितिले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : ०० बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय