महोत्तरीको खयरमारामा सडक कालोपत्र « Khabarhub

महोत्तरीको खयरमारामा सडक कालोपत्र


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबास नगरपालिका–१० खयरमाराका सडक कालोपत्र गरिएका छन् । दलित समुदायको बाहुल्य रहेको सो गाउँ विकासका दृष्टिकोणले पछि परेको ठाउँ हो । पछिल्लो समय सो क्षेत्रमा विकास निर्माणका कामले गति लिएको स्थानीय कृष्णकुमार वाइबाले बताए ।

विकासले नछोएको खयरमाराका सडक नगरपालिकाले कालोपत्र गरिदिएसँगै गाउँको मुहार नै फेरिएको स्थानीयवासी मीरा कोइरालाले बताइन् ।

बर्दिबास नगरपालिकाको ७९ लाख ७१ हजार सात सय ४९ को लागतमा खयरमाराको विद्युत्चोकबाट भरत टोल जाने बाटो कालोपत्र गरिएसँगै आवागमनमा सहज भएको स्थानीयवासीको भनाइ छ ।

यसअघि जीर्ण सडककै कारण समयमै बर्दिबास अस्पतालमा बिरामीलाई पुर्याउन नसक्दा कतिपय रोगीको सडकमै ज्यान जाने गरेको जनाउँदै स्थानीय विकास थापाले अहिले सहरका सडकभन्दा गाउँका सडक राम्रा भएपछि स्थानीयवासीमा उत्साह छाएको उनको भनाइ छ ।

सडक कालोपत्र भएपछि स्थानीय उत्पाद बजार लैजान सजिलो भएको स्थानीयको भनाइ छ । गाउँमा उत्पादन गरिएका तरकारी, आँप, उखुलगायतका बाली सहरी क्षेत्रका बजारमा बिक्री गर्न लैजान सहज भएको छ ।

बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हाद क्षेत्रीले सडक सञ्जाल विस्तारलाई नै बढी प्राथमिकता दिएकोे बताए । नगरपालिकाले पालिकाभित्रको भित्री गाउँ माईस्थान, बिजलपुरा, खयरमारालगायतका गाउँभित्रका सडक सफा र चौडा बनाइएपछि स्थानीयवासी दङ्ग छन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ११ : ०९ बजे

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको