महोत्तरीको खयरमारामा सडक कालोपत्र | Khabarhub Khabarhub

महोत्तरीको खयरमारामा सडक कालोपत्र


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबास नगरपालिका–१० खयरमाराका सडक कालोपत्र गरिएका छन् । दलित समुदायको बाहुल्य रहेको सो गाउँ विकासका दृष्टिकोणले पछि परेको ठाउँ हो । पछिल्लो समय सो क्षेत्रमा विकास निर्माणका कामले गति लिएको स्थानीय कृष्णकुमार वाइबाले बताए ।

विकासले नछोएको खयरमाराका सडक नगरपालिकाले कालोपत्र गरिदिएसँगै गाउँको मुहार नै फेरिएको स्थानीयवासी मीरा कोइरालाले बताइन् ।

बर्दिबास नगरपालिकाको ७९ लाख ७१ हजार सात सय ४९ को लागतमा खयरमाराको विद्युत्चोकबाट भरत टोल जाने बाटो कालोपत्र गरिएसँगै आवागमनमा सहज भएको स्थानीयवासीको भनाइ छ ।

यसअघि जीर्ण सडककै कारण समयमै बर्दिबास अस्पतालमा बिरामीलाई पुर्याउन नसक्दा कतिपय रोगीको सडकमै ज्यान जाने गरेको जनाउँदै स्थानीय विकास थापाले अहिले सहरका सडकभन्दा गाउँका सडक राम्रा भएपछि स्थानीयवासीमा उत्साह छाएको उनको भनाइ छ ।

सडक कालोपत्र भएपछि स्थानीय उत्पाद बजार लैजान सजिलो भएको स्थानीयको भनाइ छ । गाउँमा उत्पादन गरिएका तरकारी, आँप, उखुलगायतका बाली सहरी क्षेत्रका बजारमा बिक्री गर्न लैजान सहज भएको छ ।

बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हाद क्षेत्रीले सडक सञ्जाल विस्तारलाई नै बढी प्राथमिकता दिएकोे बताए । नगरपालिकाले पालिकाभित्रको भित्री गाउँ माईस्थान, बिजलपुरा, खयरमारालगायतका गाउँभित्रका सडक सफा र चौडा बनाइएपछि स्थानीयवासी दङ्ग छन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ११ : ०९ बजे

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ