एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई « Khabarhub

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । आज मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनको फराकिले अन्तरले हराउँदै नेपालले सानदार जित निकालेको हो ।

नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ ओभर ५ बलमा अलआउट हुँदै ३१ रनमा समेटियो । मलेसियाका मुहम्मद अक्रमले सर्वाधि १० रन बनाए । 

यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपालका अभिषेक तिवारीले ५ विकेट लिए । यस्तै, सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गैरेले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २ सय ५२ रन बनाएको थियो ।

नेपालका नरेन भट्टले सर्वाधिक १ सय १२ रनको शतकीय ईनिङ खेले । यस्तै, निरज यादवले ४७, सन्तोष यादवले २६, सुर्यांशु कोइरालाले १८, अशोक धामीले १२ रन बनाए ।

मलेसियाका मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १–१ विकेट लिए ।

यसअघि नेपालले सन् २०१७ र २०१९ मा पनि उपाधि जितेको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १२ : ०४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र