ललिता निवास प्रकरणका आरोपितको रिट न्यायाधीश भट्टराई र फुँयालको इजलासमा « Khabarhub

ललिता निवास प्रकरणका आरोपितको रिट न्यायाधीश भट्टराई र फुँयालको इजलासमा


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका आरोपितले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासमा आज सुनुवाइ हुँदैछ ।

उक्त रिटमा न्यायाधीश डा. कुमार चुडालको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिँदै २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

सोही आदेश बमोजिम प्रतिवादीकातर्फबाट लिखित जवाफ प्राप्त भएपछि आज सुनुवाइ हुन लागेको हो । जवाफमा पक्राउ गर्नुको कारण खुलाइएको छ ।

जग्गा प्रकरणमा पक्राउ परेका निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमका तर्फबाट बिहीबार सर्वोच्चमा हदम्याद सकिइसकेको मुद्दामा पक्राउ गरिएको भन्दै रिट दायर भएको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १२ : ३५ बजे

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

साना- यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी)

एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार

आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित भयो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र