संसदीय समितिहरूको नेतृत्व चाँडै चयन गर्न दलहरू सहमत « Khabarhub

संसदीय समितिहरूको नेतृत्व चाँडै चयन गर्न दलहरू सहमत


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख तीन दलका शीर्ष नेताहरु चाँडोभन्दा चाँडो संसदीय समितिहरुको नेतृत्व चयन गर्न सहमत भएका छन् ।

आज सभामुख देवराज घिमिरेको आह्वानमा सिंहदरबारमा भएको छलफलमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र समितिहरुको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउन सहमत भएका हुन् ।

सभापति चयन नहुँदा संसदीय समितिहरुले काम गर्न नसकेपछि दलहरुलाई दबाब दिन सभामुख घिमिरेले बैठक बोलाएका थिए ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका साथै कानूनमन्त्री धनराज गुरुङ सहभागी थिए ।

बैठकपछि कानूनमन्त्री गुरुङले भने, ‘संसदीय समितिको नेतृत्व चाँडोभन्दा चाडो चयन गर्ने सहमति भयो, प्रमुख सचेतकहरूलाई राखेर निर्वाचन प्रकृया सभामुखले सुरू गर्नुहुन्छ ।’

उनले राजनीतिक रूपमा केही विकृति देखिएको र तिनीहरूको समाधान गर्दै लैजाने तथा अहिलेको शासन व्यवस्थालाई बलियो बनाउने विषयमा पनि कुराकानी भएको जानकारी दिए ।

यस्तै, बैठकमा संक्रमणकालीन न्याय र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक अघि बढाउने विषयमा पनि समझदारी भएको बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १ : ०४ बजे

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर