बलात्कार गरेको आरोपमा तीन जना पक्राउ « Khabarhub

बलात्कार गरेको आरोपमा तीन जना पक्राउ


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलात्कार‍ आरोपमा तीन जना पक्राउ परेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ९ बस्ने २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमर बहादुर खत्रीलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई उनीहरुले सोही नगरपालिका ५ हेल्थपोष्टस्थित प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका १७ बस्ने ४२ वर्षीय वीरबहादुर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  २ : २४ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा