ट्रान्सफर्म चोरी गरेको अभियोगमा चार जना पक्राउ « Khabarhub

ट्रान्सफर्म चोरी गरेको अभियोगमा चार जना पक्राउ


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रौतहटका विभिन्न स्थानहरुबाट विद्युतीय ट्रान्सफर्म चोरी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गरुडा नगरपालिका ६ पोठियाही बस्ने ४२ वर्षीय अशोक साह, कटहिया नगरपालिका १ भसेढवा बस्ने ४६ वर्षीय रामलाल महतो, सोही ठाउँ बस्ने ३६ वर्षीय वीरेन्द्र राय र ३७ वर्षीय सुखल महतो रहेका छन् ।

रौतहटका विभिन्न स्थानहरूका ट्रान्सफर्मरहरुबाट तारलगायतका सामान चोरी गरेको घटना अनुसन्धानको क्रममा खटिएको प्रहरीले गरुडा नगरपालिका ४ स्थित कवारबाट तामाको चुडी १ सय ७५ किलो ७ सय ग्राम, तामाको क्वाईल १ सय २९ किलो ३०० ग्राम, खुल्ला तामाको तार ७१ किलोग्राम बरामद उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उनीहरूबाट मोटरसाइकल २ थान, १ थान स्कुटर र मोबाइल ४ थान समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत रौतहटबाट चोरी सम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  २ : ४६ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय