ललितपुरको ऐतिहासिक अदालत भवन पुनः निर्माणको प्रतीक्षामा « Khabarhub

ललितपुरको ऐतिहासिक अदालत भवन पुनः निर्माणको प्रतीक्षामा


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुरको पाटन म्युजियमको छेउमा अदालत भवन नामको एउटा ऐतिहासिक भवन छ । घाँसले ढपक्क ढाकेको उक्त भवनको एउटा कोठा इलाका हुलाक कार्यालयले प्रयोग गरिरहेको छ । राणाकालीन संरचनाको अदालत भवनको अवस्था निकै नाजुक छ । सबै ढोका अहिले बन्द अवस्थामा छन् । ललितपुरको पाटन दरबार क्षेत्र विश्व सम्पदा क्षेत्रमा अवस्थित छ ।

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको सो भवनसहित कतिपय सम्पदा पुनःनिर्माण हुँदैछन् । ऐतिहासिक अदालत भनवको नामले चिनिने जीर्ण अवस्थामा रहेको उक्त भवन पुनःनिर्माणको काम अझै सुरु नहुँदा दिन प्रतिदिन जीर्ण देखिदै गएको हो । जिल्लास्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी शारदा शिवाकोटीका अनुसार उक्त  भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने प्रक्रियामा छ ।

उनले भनिन्, “ऐतिहासिक अदालत भवनको पुनःनिर्माण भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ । विसं १९९० को भूकम्प अगाडिको सो भवन तीन तलाको रहेको देखिएकाले पुरानै स्वरुपमा भवन निर्माण गर्न नक्सा पास भएको छ ।” माटोको जोडाइमा इँटाद्वारा निर्मित ऐतिहासिक  भवनलाई २०७२ सालको भूकम्पले थप क्षति पुर्‍याएको थियो । भूकम्पपछि उक्त  भवन जस्तै अन्य राणाकालीन दरबारका संरचना पनि पुनःनिर्माण भएका छैनन् । अहिले सो भवन पनि संरक्षणको अभावले भत्किने जोखिममा छ । सत्यमोहन जोशी मार्गमा रहेको उक्त  भवनको एउटा कोठामा इलाका हुलाक कार्यालय छ ।

पञ्चायतकालमै अदालतको भवनमा जिल्ला हुलाक कार्यालय रहेको र उक्त कार्यालय आफ्नै भवनमा सरेपछि अहिले त्यहाँ इलाका हुलाक कार्यालय रहेको इलाका हुलाक कार्यालयकी कर्मचारी लिला खत्रीले जानकारी दिइन् ।

उनले भनिन्, “मैले हुलाक कार्यालयमा जागिर खाएको करिब २८ वर्ष पुग्यो । अब यो भवन भत्काएर पुनः निर्माणको प्रक्रियामा छ भन्ने सुनेको छु । हाम्रो इलाका हुलाक कार्यालय कहाँ सर्छ थाह छैन ।”

उक्त भवनलाई नेपालको प्राचीन स्मारक संरक्षण ऐन २०१३ (१९५६) अनुसार २०७२ सालको भूकम्पबाट प्रभावित सम्पदाको संरक्षणको नाममा पुनःनिर्माणका लागि पुरातत्व विभागको आधारभूत निर्देशिकामा आधारित रहेर निर्माण गरिनेछ । भवनको संरक्षण नीतिअन्तर्गत उक्त भवन पुनःनिर्माणका लागि प्रस्ताव गरिएको  पुरात्व विभागको भनाइ छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ३ : ०४ बजे

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न  प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट