चेचेन्यामा रुसी पत्रकारमाथि साङ्घातिक आक्रमण « Khabarhub

चेचेन्यामा रुसी पत्रकारमाथि साङ्घातिक आक्रमण


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

ग्रोज्नी- खोज पत्रकारकारिताका निम्ति ख्याति कमाएकी एक जना रुसी पत्रकारमाथि चेचन्यामा साङ्घातिक आक्रमण भएको छ । चेचन्या भ्रमणमा रहेका उनीमाथि सशस्त्र आक्रमणकारीहरूले नराम्ररी कुटपिट गरेपछि अस्पताल भर्ना हुनुपरेको मानव अधिकार समूह मेमोरियलले जनाएको छ ।

“एलेना मिलाशिनाको औंला भाँचिएको छ र उनी बेलाबेलामा बेहोस हुन्छिन् । उनको शरीरभर चोट लागेको छ । उनका उपकरण खोसेर तोडफोड गरिएको छ ” समूहले सामाजिक सञ्जालमा भनेको छ ।

मिलासिना र वकिल अलेक्जेन्डर नेमोभ एयरपोर्टबाट आफ्नो गन्तव्यतर्फ गइरहेका बेला आक्रमण भएको हो । मिलाशिना काम गर्ने रूसको शीर्ष स्वतन्त्र प्रकाशन नोभाया गजेटाले घटनाको पुष्टि गर्दै  उनी र वकिल नेमोभ चेचन राजधानी ग्रोज्नीको अस्पतालमा रहेका बताएको छ ।

नोभाया गजेटाले चेचेन शक्तिशाली रमजान कादिरोभको आलोचना गर्ने तीन जना निर्वासितका मानिसकी आमा जरेमा मुसाइभाको सजायको सुनुवाइमा भाग लिन उनी ग्रोज्नी गएको जनाएको छ ।

रुसको प्रसिद्ध समाचारपत्र नोभाया गजेटामा मिलाशिनाले चेचन्यामा भएका मानवअधिकार उल्लङ्घनका घटनाबारे वर्षौंदेखि समाचार एवम् टिप्पणी छाप्दै आएकी थिइन् । उनलाई चेचेन नेतृत्वबाट ज्यान मार्ने धम्की पनि आएको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ४ : २० बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ