कानून व्यवसायीको विरोध प्रदर्शन मंगलबार जारी « Khabarhub

कानून व्यवसायीको विरोध प्रदर्शन मंगलबार जारी


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानून व्यवसायीहरुले न्यायालयको शुद्धीकरणका लागि भन्दै मंगलबार पनि प्रदर्शन गरेका छन् ।

ललितपुर अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तमाङ र अधिवक्ता अमीर तामाङबीचको विवादलाई लिएर कानून व्यवसायीले मंगलबार पनि आन्दोलनलाई कायमै राखेका हुन् ।

नेपाल बार एशोसिएसन परिसरमा उनीहरुले प्रदर्शन गर्दै उक्त घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन् । उनीहरुले न्यायभित्रको भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गर्नुपर्ने, अधिवक्ता अमिर लामिछाने विरुद्ध दायर सम्पूर्ण मुद्दाहरु अबिलम्व फिर्ता गर्नुपर्ने, पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर्नुपर्नेलगायतका माग राखेका छन् ।

ललितपुर बारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेपनि अदालत प्रशासनले सीसीटीभी फुटेज निकाल्न नमान्दा विवाद उत्कर्षमा पुगेको हो ।

नासु तामाङविरुद्ध प्रमाण रहेको भन्दै अदालत प्रशासनले फुटेज निकाल्न नमानेको कानून व्यवसायीहरुको आरोप छ । यता ललितपुर अदालतका न्यायाधीश र कर्मचारीहरु भने सुरक्षाको माग राख्दै मंगलबार सर्वोच्च अदालत आएका छन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ४ : २४ बजे

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ