कानून व्यवसायीको विरोध प्रदर्शन मंगलबार जारी « Khabarhub

कानून व्यवसायीको विरोध प्रदर्शन मंगलबार जारी


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानून व्यवसायीहरुले न्यायालयको शुद्धीकरणका लागि भन्दै मंगलबार पनि प्रदर्शन गरेका छन् ।

ललितपुर अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तमाङ र अधिवक्ता अमीर तामाङबीचको विवादलाई लिएर कानून व्यवसायीले मंगलबार पनि आन्दोलनलाई कायमै राखेका हुन् ।

नेपाल बार एशोसिएसन परिसरमा उनीहरुले प्रदर्शन गर्दै उक्त घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन् । उनीहरुले न्यायभित्रको भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गर्नुपर्ने, अधिवक्ता अमिर लामिछाने विरुद्ध दायर सम्पूर्ण मुद्दाहरु अबिलम्व फिर्ता गर्नुपर्ने, पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर्नुपर्नेलगायतका माग राखेका छन् ।

ललितपुर बारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेपनि अदालत प्रशासनले सीसीटीभी फुटेज निकाल्न नमान्दा विवाद उत्कर्षमा पुगेको हो ।

नासु तामाङविरुद्ध प्रमाण रहेको भन्दै अदालत प्रशासनले फुटेज निकाल्न नमानेको कानून व्यवसायीहरुको आरोप छ । यता ललितपुर अदालतका न्यायाधीश र कर्मचारीहरु भने सुरक्षाको माग राख्दै मंगलबार सर्वोच्च अदालत आएका छन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ४ : २४ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै