राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च सरकारले व्यहोर्ने « Khabarhub

राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च सरकारले व्यहोर्ने


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचारको खर्च सरकारले व्यहोर्ने भएको छ । अघिल्लो साताको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च व्यहोर्ने निर्णय गरेको हो ।

राष्ट्रपति पौडेल उपचारका लागि भारत जाँदा लागेको हवाई भाडा, अस्पतालको खर्च, सुरक्षाकर्मीको भ्रमण भत्तासहित ५५ लाख २ हजार २ सय ८९ रुपैयाँ सरकारले व्यहोर्ने भएको हो । यसअघि पौडेलको उपचार खर्च सरकारले व्यहोर्न नहुने भन्दै चौतर्फी आलोचना भएको थियो ।

राष्ट्रपति पौडेलले गत वैशाख ६ देखी १७ गतेसम्म भारतको दिल्लीमा उपचार गराएका थिए ।

‘यथार्थ खर्चको बिल भरपाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ निकासा गरिदिन अनुरोध छ ।’ परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ७ : ४० बजे

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना