अमेरिकी मन्त्री र एमसीसी प्रमुख नेपाल आउँदै « Khabarhub

अमेरिकी मन्त्री र एमसीसी प्रमुख नेपाल आउँदै


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल र अमेरिकाबीच एमसीसी एमसीसी कार्यान्वयन थालनी सम्झौता हुने भएको छ । परियोजना आगामी भदौबाट कार्यान्वयन गर्ने तयारी सुरु भएसँगै कार्यान्वयन थालनी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको हो ।

त्यसका लागि अमेरिकी उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने भएका छन् । एमसीसी परियोजना कार्यान्वयनमा जानुअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने छन्, भने परियोजना कार्यान्वयनमा गएलगत्तै त्यसका प्रमुख कार्यकारी अधिकृत एलिस पी। अलब्राइट सेप्टेम्बरमा नेपाल आउने कार्यक्रम तय भएको बताइएको छ । एमसीसी प्रमुख अलब्राइटको नेपाल भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ।

नेपाल र अमेरिकाबीच पाँच वर्षअघि एमसीसी कम्प्याक्टको एमओयू हस्ताक्षर भएको थियो। एमसीसी नेपाली संसदले अनुमोदन गरेको १८ महिनापछि कार्यान्वयनमा जान लागेको छ।

यसअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमण गरेकी थिइन् । उनको भ्रमण लगत्तै एमसीसी संसदबाट अनुमोदन भएको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : ५२ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को