गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो « Khabarhub

गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गोरखाको गण्डकी गाउँपालिका–४ पाटापाटीमा आज बिहान धनसार भत्किएर मुत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

बिहान स्थानीय जगतबहादुर बरामको बनाउँदै गरेको धनसार भत्किएर गम्भीर घाइते हुनुभएका ६५ वर्षीय रामकृष्ण बरामको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

गम्भीर घाइते हुनुभएका बरामको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा आज साँझ मृत्यु भएको उनले बताए । मृतक रामकृष्ण धनसार बनाउनका लागि जगबहादुरको घरमा मेला आउनुभएको थियो । दुर्घटनामा घरधनी जगतबहादुरकी श्रीमती ४५ वर्षीया मीना बरामको भने घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था भने सामान्य रहेको उनले बताए ।

घाइते हुनेमा मृतक मीनाका श्रीमान् ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम रहेका प्रनाउ श्रेष्ठले जानकारी दिए । घटनाको जानकारी पाएलगत्तै ताङ्लीचोक प्रहरीचौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १० : ३२ बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो