ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नवनिर्मित भवनको उद्घाटन « Khabarhub

ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नवनिर्मित भवनको उद्घाटन


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- भारत सरकारको सहयोगमा ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नयाँ भवनको उद्घाटन गरिएको छ ।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान अन्तर्गत करिब ३ करोड ५० लाख रुपैयाँको महाविहारको नवनिर्मित भवनको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो समारोहमा ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाताका प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएको नापीचन्द्र महाविहारको भारत सरकारको सहयोगमा नेपाल सरकारको शहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले भवन निर्माण परियोजना सम्पन्न गरेको हो ।

उद्घाटन समारोहमा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गरे । उद्घाटन समारोहमा मेयर महर्जनले ललितपरका साथै आम रुपमा नेपालको सांस्कृतिक परियोजना निर्माणमा सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिए ।

समारोहमा भारत र नेपालको ऐतिहासिक सांस्कृतिक समानता र सम्पदा हाम्रा भावी पुस्ताका लागि संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिइयो । भारतले विगतमा पनि सांस्कृतिक सम्पदा क्षेत्रको पुनस्र्थापनाका लागि नेपालसँग मिलेर काम गरिसकेको छ । यो हातेमालोले हामीबीचको मैत्री सम्बन्धलाई मजबुत बनाउनुका साथै यसले हाम्रो साझा सांस्कृतिलाई पनि प्रतिबिम्बित गर्ने जनाइएको छ ।

यसै अनुरुप भारत सरकारले नेपालका सात जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५० हजार वटा निजी आवास, आठ जिल्लाका ७१ वटा शैक्षिक संस्था, र दश जिल्लाका १३२ वटा स्वास्थ्य सुविधाको पुनर्निर्माणमा लागि सहयोग गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ६ : ३८ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण