क्रिप्टो कारोबारमा संलग्न एक जना पक्राउ « Khabarhub

क्रिप्टो कारोबारमा संलग्न एक जना पक्राउ


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्रिप्टो कारोबारमा संलग्न एक जना पक्राउ परेका छन् ।

सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा सेलर ग्रुपमा आबद्ध भई बाइनान्समार्फत् क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको वलेफी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्दै आएका २७ वर्षीय पुरुषोत्तम कार्कीलाई पक्राउ गरेको हो ।

उनले विभिन्न व्यक्तिहरुको बाइनान्स आइडीमार्फत् ३७२६.९८ युएसडीटी बराबरको राखी सोही बाइनान्सबाट विभिन्न ब्यक्तिहरुको बैंक खातालगायत वालेटहरुमा रकम ट्रान्सफर गरी क्रिप्टो कारोबार गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ६ : ४५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन