राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता « Khabarhub

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ । बुधबार सिहंदरबारस्थित अध्यक्षको कार्यकक्षमा अध्यक्ष तिमिल्सिना र नेपाल भ्रमणमा रहेका सभामुख डिकबीच भेटवार्ता भएको हो ।

भेटघाटमा अध्यक्ष तिमिल्सिनाले सभामुख डिकको नेपाल भ्रमणले नेपाल र अस्ट्रेलियाबीच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको बताए । 

नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र अष्ट्रेलियाबीच सुमधुर र सहयोगात्मक सम्बन्ध रही आएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले आपसी विश्वास,  समझदारी र पारस्परिक सहयोगमा आधारित मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरूमा अझ फराकिलो  र गहिरो बन्दै गएकोमा खुसी व्यक्त गरे । 

अध्यक्ष तिमिल्सिनाले नेपाल र अस्ट्रेलिया दुवै स्वतन्त्र, खुला र विविधतायुक्त समाज भएका लोकतान्त्रिक मुलुक भएकाले लोकतान्त्रिक पद्धति, मूल्य -मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदान–प्रदान गर्नु आवश्यक रहेको बताउँदै दुवै देशको संसदमा मैत्री समुहहरुले दुई देशका संसद्हरूबीचको सम्बन्धलाई थप गतिशील बनाउने अपेक्षा गरेको बताए । 

अष्ट्रेलियाले नेपालको समाजिक–आर्थिक विकासमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक र आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग अझ वृद्धि हुने विश्वास पनि उनले व्यक्त गरे । 

‘सन् २०३० सम्म दिगो विकासका लक्ष्यहरू हासिल गरी मध्यम आय भएको मुलुक  बन्ने नेपालको मुख्य प्राथमिकता रहेकोले त्यसपनि अस्ट्रेलिया सरकारबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास लिएको छु,’ उनले भने, ‘अस्ट्रेलियाले स्वास्थ्य, शिक्षा, स्थानीय सरकारको क्षमता विस्तार आदि क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्न चाहन्छु, साथै कृषि र वन क्षेत्रमा थप सहयोग र सहकार्यको अपेक्षा गर्दछु ।’

अध्यक्ष तिमिल्सिनाले अष्ट्रेलियामा ६० हजारभन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत रहेको र अष्ट्रेलियामा १ लाख २२ हजारभन्दा बढी नेपालीहरू बस्दै आएका कारण नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पनि दुवै देशबाट प्रयास गर्न आवश्यक रहेको बताए । 

अष्ट्रेलियाका सभामुख डिकले नेपालका प्रदेश सभाका सभामुख र उपसभामुख अष्ट्रेलियामा संघीयताको  अभ्यास र अनुभवको लागि अध्ययन भ्रमणमा आउन लागेकोमा खुसी व्यक्त गरे । 

उनले अष्ट्रेलियाले संघीयता कार्यन्वयनका क्रममा हासिल गरेको अनुभव नेपालका लागि पनि उपयुक्त हुने विश्वास व्यक्त गरे । सभामुख डिकले नेपालसँग रहेको सुमधुर सम्बन्धलाई अझै उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै संसदीय अनुभव आदनप्रदानबाट नेपालको संघीयतालाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ६ : ०३ बजे

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ